धरान । पछिल्लो समय धरानमा साइन्स (विज्ञान) पढ्न चाहने विद्यार्थीको संख्यामा कमी हुदैआएको छ । त्यसैले विज्ञान विषयमा विद्यार्थीलाई आकर्षित गर्न विज्ञान प्रदर्शनी तथा शैक्षिक मेला गरिएको पब्लिक उच्च मा.वि ले बताएको छ । कक्षा ८,९ र १० मा विज्ञान तथा प्राविधिक विषयमा विद्यार्थीको रुचि बढाउनका लागि विज्ञान विषयको कार्यक्षेत्रकाबारे विद्यार्थीलाई बुझाउन मेलाको आयोजना गरिएको आयोजकले बताएका छन । विज्ञान विषय पढ्ने विद्यार्थीहरु धेरै कमी भइसकेकाले यसको कार्यक्षेत्रबारे विद्यार्थीहरुलाई बुझाउनका लागि पनि यो शैक्षिक मेलाको मुख्य उदेश्य रहेको विद्यालयले बतायो । यो शैक्षिक मेला हिजो बाट सुरुभएर आज समापन भएको छ।

तपाईको प्रतिक्रिया