इटहरी । सिएफएल बल्व खरिद प्रकरणमा आर्थिक अनियमिता गर्नेहरुलाई कारवाहीको माग राख्दै नेपाली काँग्रेस इटहरीले इटहरी उपमहानगरपालिकाको मुल गेटमा एक घण्टा धर्ना दिएको छ ।

सिएफएल बल्व खरिदमा आर्थिक अनियमितता भएको प्रतिवेदन उपमहानगरपालिकाले वनाएको छानविन समितिले समेत ठहर गरेपनि कारवाही नगरिएको भन्दै काग्रेसले दोषीलाई कारवाहीको माग राख्दै धर्ना दिएको हो । नेपाली काग्रेस इटहरीले उपमहानगरपालिकाको मुलगेटमा विहान दस वजे देखि ११बजे सम्म धर्ना दिएको हो । काग्रेसले सिएफएल प्रकरणका दोषीलाईलाई कारवाही नगरे सम्ममा चरणवद्ध रुपमा दवाव मुलक कार्यक्रम सञ्चालन गर्ने जनाएको छ । वुधवार इटहरी काग्रेसले उपमहानगरपालिकामा भएको आर्थिक अनियमितता गर्ने कसैलाई पनि छुट दिनु नहुने माग राख्दै आएको छ । यस अघि इटहरी काग्रेसले दोषीलाई कारवाही गर्न ७ दिने अल्टिमेटम समेत दिइसकेको थियो । धर्नामा नेपाली काग्रेस इटहरीका सभापति हेमकर्ण पौड्याल, सचिव प्रकास वस्नेत, विजय खत्री, शिवराज दहाल, केवश सिटौला, दिपक ढकाल, विमला ढकाल लगायतको काग्रेस नेताहरुको सहभागिता रहेको थियो । इटहरी उपमहानगरपालिकाले गत साउन देखि कार्तिक महिना सम्म सिएफएल बल्व तथा सेट खरिदमा आर्थिक अनियमितता भएको भन्ने विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत अनुसन्धान गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया