मोरङ्ग
मोरङ्ग सुन्दर हरैचाको विनिसा शाह पढाइ सकेर घर फर्कन्छीन भन्ने उनको परीवारको आशा तुहीएको छ । विनिशा तिन वर्ष अघी विडीएस अध्यनको लागी बंगलादेश गएको थिइन । बंगलादेशको राजधानी ढाकामा अवस्थीत पायोनियर डेन्टल कलेजमा उनी अध्यन गरीरहेको थिइन । उनको परीवार आर्थीक रुपमा सम्पन्न नै छ तर आर्थीक अभावको कारण उनको आत्माहत्याको समाचार वंगलादेशमा भएका उनकै साथीहरुले परीवारलाई दिएपछी परिवार रणभुल्लमा परेका थिए । कलेजको आन्तरीक परीक्षा चलीरहेको र परीक्षामा चिट चोरेको भनी विनिशाको कपी खोसेर राखेको र अनावश्यक दुख्ख दिएको हुनसक्ने उनका बाबु भुवन शाहले बताए । नेपालबाट विनीशालाई वंगलादेश लान र कलेज छनौट गर्न सहयोग गर्ने मनुरोध शाहले आत्माहत्या हो की हत्या हो पत्ता लगााउन केहीपनी सहयोग नगरेको उनको परीवारले गुनासो गरे । हत्या या आत्महत्या हो भन्ने विषयमा पत्ता लगाउन आफुले वंगलादेशमा रहेको नेपाली एम्वेसी र त्यहाको स्थानिय पुलीसलाई पनी अपील गरीरहेको विनिशाको दाजु नरेन्द्र शाहले बताए । वंगलादेशमा अध्ययन गर्दै गरेकी विनीशा छुटीको समयमा घर आउने र फर्कने गरेकी र केहीदिन पछी उनी घर फर्कने तयारीमा रहेको उनका दाजुले जानकारी दिए । विनिशाको हत्या भएको दिनको कलेज र होस्टलमा भएको सिसी क्यामराको फुटेज डिलेट भएको छ । हत्याको विषयमा कलेजले आफै अनुसन्धान गरेको बताउदै आफै प्रमाण नष्ट गरेको आरोप उनका दाजुले लगाएका छन । यसरी पटक पटक नेपाली विधार्थीहरुको विदेशी भुमीमा हत्या हुनु र हत्या भएपनी आत्महत्या भएको पनी प्रमाणीत हुनु यो घटना नमुना बनेको छ ।

तपाईको प्रतिक्रिया