माघ / न्याय सेवा आयोगको बैठकले सर्वोच्च अदालतको मुख्य रजिष्ट्रारमा राजन भट्टराईलाई नियुक्तिका लागि सिफारिश गरेको छ । आयोगको आज बसेको बैठकले न्याय सेवा आयोगका सचिव भट्टराईलाई सर्वोच्च अदालतको मुख्य रजिष्टारमा नियुक्ति गर्न र सहन्यायाधीवक्ता कृष्णजीवी घिमिरेलाई बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको सचिवमा सरुवाका लागि सिफारिश गरेको छ ।

 त्यसैगरी बैठकले बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन आयोगका सचिव नृपध्वज निरौलालाई न्याय परिषद्को सचिवमा सरुवाका लागि सिफारिश पनि गरेको छ । निरौला बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा जानुअघि सर्वोच्च अदालतका सहरजिष्टार हुनुहुन्थ्यो ।

तपाईको प्रतिक्रिया