इटहरी माघ १७ गते । इटहरी उपमहानगरपालिकाको सिएफएल बल्व खरिद प्रकरणमा भएको आर्थिक अनियमिताका दोषीलाई कारवाहीको माग नेपाली काँग्रेस इटहरीले दबावमुलक कार्यक्रय गर्ने भएको छ ।

सिएफएल बल्व खरिदमा आर्थिक अनियमितता भएको प्रतिवेदनले समेत देखाएको अवस्थामा कारबाही नगरेको भन्दै काँग्रेसले पत्रकार सम्मेलन गरी दवावमुलक कार्यक्रम घोषणा गरेको हो ।े सत्यतथ्य सार्वजनिक गर्न र दोषीलाई कारबाही गर्न माग गर्दै यस अघि नै आफुहरुले ७ दिनको अल्टिमेटम दिएको भएपनि दोषी माथि कारवाही नभएको भन्दै विरोधका कार्यक्रमहरु गर्नु परेको काग्रेस इटहरीका सभापति हेमकर्ण पौड्यालले जानकारी दिए ।

काग्रेस इटहरीले इटहरी उपमहानरपालिका कार्यलय अगाडि धर्ना दिने दखि नगरप्रमुखको पुत्ला दहन सम्मका दवावमुलक कार्यक्रम गर्ने जनाएको छ । दवावमुलक कार्यक्रम गर्ने विषयको जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा काँग्रेसले छानविन समितिको प्रतिवेदनकोे केही अंश मात्र सार्वजनिक गरेर उपमहानगरपालिकाले महत्वपूर्ण अंश लुकाएको आरोप समेत लगाएको छ । सिएफएल प्रकरणमा दोषी पाइएका आफना नेता तथा आफनो पाटीबाट निर्वाचित जनप्रतिनिधिहरुलाई पनि कारबाही गरिनु पर्ने काग्रेस माग राखेको छ । गत साउन महिना देखि कार्तिक सम्म खरिद गरिएका सिएफएल तथा सेट खरिदमा ठुलो आर्थिक अनियमितता भएको भन्ने विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत अनुसन्धान गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया