इटहरी । थारु मिडिया सोसाईटी रामधुनी सुनसरीको आयोजना तथा झुम्का एफएमको सहयोगमा १६ गते देखि सुनसरीको झुम्कामा दश दिने पत्रकारिता तथा उद्घोषण तालिम शुभारम्भ गरिएको छ ।
गाउँघरभित्र लुकेर बसेका विभिन्न विषयसँगै जातीय उत्पीडन लगायतका विषय वस्तुहरुको खोजी गर्ने र मानव समुदायलाई अधिकार एवम जिम्मेवारप्रति सचेत र सजग गराउँदै सवल समाज निर्माणप्रति असल नागरिकको भूमिका कसरी निर्वाह गर्न सञ्चारकर्मीहरुले निष्ठा तथा सत्य समाचार बाहिर ल्याउन सकिन्छ भन्ने कार्यमा दक्षता विकासका लागि उक्त तालिम आयोजना गरिएको हो ।
उक्त तालिममा रामधुनी नगरपालिका तथा त्यस आसपासका क्षेत्रका थारु महिला एवम पुरुष र अन्य समुदायका किशोर किशोरीहरुको सहभागिता गराईएको छ । उतीहरुलाई स्थानीय सञ्चार माध्यमहरुमा सक्रिय गराउने उद्देश्यले तालिम आयोजना गरेको थारु मिडिया सोसाईटीका अध्यक्ष निशान प्रकृति थारुले बताए ।
तालिम उद्घाटन समारोहमा रामधुनी १ का वडा अध्यक्ष महेशकुमार चौधरी तत्कालिन झुम्का गाविसका अध्यक्ष समाजसेवी शङ्करलाल चौधरी समाजसेवी केशीलाल चौधरी अग्रज पत्रकार याम प्रधान, आदिबासी नेता राजकुमार चौधरी, सीता चौधरी कमला श्रेष्ठ, तीला चौधरी सविना घिमिरे लगायतले आ आफ्ना धारणा राखेका थिए । तालिममा ४५ जनाको सहभागिता रहेको छ ।

तपाईको प्रतिक्रिया