विराटनगर । राष्ट्रको आर्थिक बृद्घिमा सहयोग गरौं,स्वदेशी उत्पादनको प्रयोग गरौं भन्ने नाराका साथ कोसेली महोत्सव २०७४आज देखि बिराटनगरको जैन भवनमा शुरु भएको छ ।

महोत्सवमा विभिन्न जिल्लाका घरेलु तथा साना उद्योगहरुबाट उत्पादित विभिन्न बस्तुहरुको स्टलहरु राखिएको छ । तराइ देखि पहाड जुम्ला सम्मका कृषहरुलाई आफनो उत्पादन प्रर्दशन गर्न सहयोग पुगेको छ ।

उधोग संगठन मोरङका अध्यक्ष मुकेस उपाध्यायले मेलामा १ सय ६० स्टलहरु राखिएको र जुम्ला देखि तराई सम्मका कृषि उत्पादन,अन्य उपभोक्ताहरुलाई अति आवश्यक बस्तु सामाग्रीहरु मेलामा प्रर्दशन भईरहेको जानकारी दिए ।

महोत्सवमा औद्योगिक उत्पादनहरु, हस्तकला सामाग्रीहरु, सिलाई कटाईका वस्त्रहरु, जुत्ता चप्पलहरु, ढाका तथा उनीका न्यानो कपडाहरु, अर्गा्निक खाद्य वस्तुहरु, श्रृगारका साधन, सूचना प्रविधि घरायसी सामाग्रीहरु र विभिन्न किसिमका खानाका परिकारहरु राखिएको छ ।

माघ १६ गते सम्मका सञ्चाल हुने महोत्सवमा करिव ५० हजार दर्शकले अवलोकन गर्ने अपेक्षा लिइएको आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया