इटहरी, १३ माघ  । सुनसरी जिल्लामा सक्रिय रहेका बचत तथा ऋण सहकारी संस्थाहरुमध्य महिलाहरुमात्रको सक्रियतामा अघि बढेको पूर्वमा नै उत्कृष्ट स्थान ओगट्न सफल भएको महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेड इटहरीले आयोजना गरेको रक्तदान कार्यक्रममा १०८ जनाले रक्तदान गर्नुभएको छ ।
हरेक बर्ष माघ महिनामा रक्तदान गर्दै आएको महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्ना ४५ सय शेयर सदस्यहरुमध्येबाट र अन्य रक्तदाताहरु समेतबाट रक्तदान गर्दै आएको कार्यक्रमको संयोजक चन्दादेवी चौलागाईले जानकारी दिनुभयो ।
सहकारी अध्यक्ष अमृता सुब्बाले अघिल्लो बर्ष आयोजित रक्तदान कार्यक्रममा पनि १०८ जना रक्तदाताले रक्तदान गर्नुभएको जानकारी दिनुहुँदै उहाँले हरेक बर्ष बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि आपुर्ति हुँदै आएको रगतमध्ये धेरै पिण्ट महिला सहकारीले उपलब्ध गराउने गरेको पनि जानकारी दिनुभयो ।
रक्तदान कार्यक्रमलाई सक्रिय रुपमा सघाउँनका लागि प्रत्येक महिला शेयर सदस्यहरुले सक्रिय रुपमा योगदान पु¥याउँदै रक्तदानमा महिलाहरुलाई उत्साहित गराउन महिला बचत तथा ऋण सहकारीले सफल बन्दै गई रहेको इटहरी ४ आईतबारेको कविर माविको प्रधानाध्यापक समेत रहनु भएकी मिनु न्यौपानेले बताउनु भयो ।

तपाईको प्रतिक्रिया