दिपक कार्की
इटहरी । इटहरी उपमहानगरपालिका वार्ड नम्वर २ र ३ मा रहेको  तालतलैयामा  जाडो मौसमको समयमा बिशेष गरि वनभोज खाने नेपाली प्रचलन अनुसार तालतलैया क्षेत्रमा पनि आन्तरिक तथा बाह्य पर्यटनहरुको बिकास हुदै गएको हो । बार्षीक रुपमा करिब ३५ लाख रुपैया आम्दानी हुने तालतलैयामा नेपालका बिभिन्न जिल्लाहरुबाट पर्यटन आउने गरेको तालतलैया बिकास तथा संरक्षण समितिले जनाएको छ ।

इटहरीको पर्यटन बिकासमा तालतलैयाले मुख्य भुमिका निर्वाह गरेको छ । ७६.७५ हेक्टर क्षेत्रफलमा फैलिएको तालतलैया पुर्वको राम्रो सम्भावना भएको पर्यटन क्षेत्र रहेको छ । तालतलैयामा पर्यटकको आर्कषणका लागी बिभिन्न मनोरंजनात्मक क्रियाकलापहरु पनि रहेका छन् । बोटिंग,घोडचडी ,जलपरि,बालमैत्रि पार्क र आर्कषक पोखरी जस्ता आर्कषण रहेको तालतलैया बिकास तथा संरक्षण समितिका अध्यक्ष विरबहादुर लिम्बुले बताए ।

तालतलैयामा बिशेषगरि वनभोज खाने समुह, पारिवारिक घुमघाम तथा युवायुवतीहरुको पहिलो रोजाई पर्ने गरेको छ । करिब १२ जनालाई प्रत्यक्ष तथा अप्रत्यक्षरुपमा तालतलैयाले रोजगारि प्रदान गरेको छ भने तालतलैैयासंग निर्भर रहेर सयौ व्यवसायीलाई फाईदा भएको छ । स्थानियलाई रोजगारि र व्यवसायको बिस्तारमा पनि तालतलैयाले ठुलो भुमिका निर्वाह गरेको र पारिवारिक पर्यटनको रुपमा बिकास गर्न सकिने स्थानिय पर्यटक युवराज कार्कीले बताए ।

दैनिक हजारैको संख्यामा आउने पर्यटनले गर्दा तालतलैयाको बिकासमा सहयोग पुगेको छ भने स्थानियले मात्र नभए्र स्थानिय सरकारले पनि तालतलैया बिकासमा सहयोग गर्नुपर्ने आवश्वत्ता रहेको देखिन्छ ।

तपाईको प्रतिक्रिया