इटहरी, । राष्ट्रिय वाणिज्य बैंङ्कको ५३ औ स्थापना दिवस मनाउने क्रममा आज राष्टिय वाणिज्य बैंङक इटहरी शाखाले विविध कार्यक्रम सहित आफ्नो बार्षिकोत्सव मनाएको छ ।

बैङ्कले ५२ वर्ष पुरा गरी ५३ वर्ष प्रवेश गरेको उपलक्ष्यमा विविध कार्यक्रम गरी इटहरी शखामा ४० हजार भन्दा वढी ग्राहक संख्या रहेको तथ्याङ्क सार्वजनिक गरेको छ । इटहरी शाखाबाट यस आर्थिक वर्षमा १ अर्वभन्दा वढी ऋण प्रवाह गरेको र डेढ अर्वको निक्षेप संङ्कलन गरेको राष्ट्रिय वाणिज्य बैंङ्क इटहरी शाखा प्रवन्धक दुर्यन्तराज निरौलाले जानकारी दिनुभयो ।

नेपालको क बर्गको बैङकहरुमध्य अग्रणी रहेको राष्ट्रिय बाणिज्य बैङ्कको शाखाहरुमध्ये इटहरी शाखाले वार्षिक ७ करोड नाफा गर्दै आएको निरौलाले बताउनु भयो । उहाँले बैङ्किङ्ग क्षेत्रमा रावा बैङ्कले जनताको सेवाका लागि जहिल्यै अग्रणी रहँदै आएको पनि उहाँले जानकारी दिनुभयो ।

कार्यक्रममा बैंङ्कका शाखा प्रवन्धक , कर्मचारी, सेवाग्राहीहरु सहभागी थिए । बैंङ्कको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत वित्तीय समावेशीकरणको लागि वित्तीय साक्षरतामूलक विभिन्न कार्यक्रमहरु गरेको छ । बार्षिकोत्सवकै अवसरमा इटहरी शाखा प्रवन्धक दुर्यन्तराज निरौलाले इटहरी शाखामा चाडै नै वैङ्कको तल्लो तलामा अपाङ्ग मैत्री र ज्येष्ठ नागरिकमैत्री काउन्टर सञ्चालनमा ल्याउने तयारी गरि रहेको पनि जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया