इटहरी, ९ माघ । शसस्त्र प्रहरी बल बराह बाहिनी मुख्यालय पकली इटहरीले आज विविध कार्यक्रम सहित १७ औ बार्षिक स्थापना दिवश भब्यताका साथ मनाएको छ ।

कार्यक्रमका प्रमुख अतिथि पूर्वाञ्चल क्षेत्रीय प्रशासक राजेश्वरमान सिँहले शसस्त्र प्रहरी स्मारकमा पुष्पगुच्छा सहित माल्या अपर्ण गर्दै शहिदप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेपछि विधिवत रुपमा कार्यक्रमको शुभारम्भ गरिएको थियो ।

कार्यक्रम उपस्थित नेपाली सेनाको पूर्वी पृतना मुख्यालयका उपरथी गौरव तण्डुल जनपथ प्रहरी नायव महानिरीक्षक ज्ञानविक्रम शाह , बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रोफेसर डा राजकुमार रौनियार शसस्त्र प्रहरी बल बराह बाहिनी मुख्यालय पकलीका शसस्त्र प्रहरी नायव महानिरीक्षक जानकीराज भट्टराई लगायतले अमर शसस्त्र पहरी स्मारकमा पुष्पगुच्छा अर्पण गर्नुभएको थियो ।

सोही अवसरमा प्रमुख अतिथि राजेश्वरमान सिँहले नेपालको जटिल परिस्थितिमा शसस्त्र प्रहरीले गरिमामय र अतुलनीय योगदान पु¥याउँदै राज्यले सुम्पिएको जिम्मेवारीलाई इमान्दारितापूर्वक पुरा गरेर कर्तब्यका उच्च मुल्याङ्कन योग्य योगदान गरेकोमा प्रशंसा ब्यक्त गर्नुभयो ।

सोही अवसरमा शसस्त्र प्रहरी बलका लागि पूर्वी नेपालका विभिन्न स्थानमा आवश्यक जग्गा दान गर्नुहुने समाजसेवी दाताहरु मदन अर्याल देवबहादुर कार्की रजन राकेश चौधरी रत्नकुमार प्रधान र तुलाराम गणेशलाई सम्मान गरिएको छ । साथै सोही अवसरमा अमर प्रहरी परिवारलाई पनि दोसल्ला ओढाएर सम्मान गरियो ।

त्यस्तै सो अवसरमा अमर प्रहरीका छोराछोरीहरुलाई जनही २४ हजार छात्रबृति रकम प्रदान गरियो । उक्त छात्रबृत्ती रकम उपेन्द्र खड्का अभिशेक राई प्रशान्त श्रेष्ठ परिश्मा दाहा र राकेशकुमार मण्डललाई प्रदान गरियो । साथै सोही अवसरमा स्थापना दिवशका अवसरमा आयोजित विभिन्न खेलका विजेताहरुलाई पनि पुरस्कार प्रदान गरियो । साथै सोही अवसरमा रक्तदान समेत गरिएको छ ।

तपाईको प्रतिक्रिया