इटहरी, माघ ९ गते । इटहरी रंगशालामा सञ्चालित अन्तराष्ट्रिय आमन्त्रण मदनल भण्डारी स्मृती इटहरी गोल्डकप प्रतियोगिता अन्तरगत मंगलबार भएको अन्तिम क्वाटर फाइनल खेलमा आयोजक राष्ट्रिय जागृती क्लबलाइ शुन्यका विरुद्ध एक गोलको झिनो अन्तरले हराउदै भारतको कोलकतास्थित गरिफा स्पोर्टिङ्ग क्लब सेमीफाइनलमा प्रवेश गरेको छ । कोलकताले प्रतियोगिता अन्तरगत विहिबार हुने दोस्रो सेमीफाइलनमा मनाङ मस्र्याङ्गदीसंग प्रतिस्पर्धा गर्नेछ । खेलको दोस्रो मिनेटमा कोलकताले गरेको एक मात्र गोल अन्तत निर्णायक बनेपछि अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको हो । खेलमा सशक्त रणनीतिका साथ मैदानमा उत्रिएको कोलकताका लागि उक्त निर्णायक गोल सिस्ले सोलासले सानदार ढंगले गरेका थिए । मिथुन साहको पासमा सिस्लेले विपक्षी डिबक्स नजिकबाट गरेको प्रहार गोलमा परिणत भएको थियो । खेलको प्रारम्भमै कोलकताले एक गोलको अग्रता लिएपछि प्रतिस्पर्धा तिव्र बनेको थियो । आयोजकका खेलाडीहरुले राम्रो तालमेलका साथ संगठित भएर खेलेपनि खेल अवधीभर कुनै गोल गर्नसकेनन । खेल अवधी भर आयोजकका खेलाडीहरुले विपक्षी पोष्टमा उत्कृष्ठ प्रहारहरु कोलकताका गोलरक्षक राना चक्रवर्तीले रोकेका थिए । खेलमा “म्यान अफ द म्याच” समेत घोषित हुनुभएका प्रवेश दनुवारका सानदार प्रहारहरुलाइ विपक्षी गोलरक्षकले रोकेका थिए । अत्यन्तै प्रतिस्पर्धात्मक र रोचक ढंगले सम्पन्न खेलमा कोलकताका सिस्ले सोलास, राजदिप साह, स्याल्ला राम्रो प्रदर्शन गरेका थिए । पूर्वाद्धको तुलनामा उत्तराद्र्धको खेल थप प्रतिस्पर्धात्मक बनेको थियो । खेल अवधीमा पाएको आधा दर्जन कर्नर किक र फ्रि किकको अवसर सदुपयोग गर्न
नसकेपछि विदेशी पाहुना कोलकतासंग झिनो गोलको अन्तरले पराजय व्यहोर्दै आयोजक प्रतियोगिताबाट बाहिरियो । खेलमा नियम उल्लघंन गर्ने कोलकताका चार र आयोजकका एक खेलाडीले पहेलो कार्ड पाएका थिए । बुधबार पहिलो सेमीफाइनल खेल त्रिभुवन आर्मी क्लब काठमाण्र्डौ र थ्रि स्टार क्लब काठमाण्र्डौ वीच हुनेछ ।

तपाईको प्रतिक्रिया