इटहरी । सुनसरीको विभिन्न स्थानका विद्यालयमा श्री पञ्चमीको अवसरमा विद्यार्थीहरुले शिक्षाकी देवी सरस्वतीको भक्तिपूर्वक उल्लासमय ढङ्गले पूजापाठ गरेका छन । कतिपय विद्यालय तथा कलेजहरमा सरस्वती पुजासँगै छात्रबृत्ती समेत प्रदान गरेका छन् ।
सुनसरीको इटहरी पछिल्लो समय शिक्षाको हवको रुपमा पनि बिकास हुदै गएको छ । सरस्वतिको पुजाआजा गर्दै आज बिभिन्न स्कुलहरुले निःशुल्क भर्ना तथा छात्राबृति जस्ता कार्यक्रमको पनि व्यवस्था गरेका छन् । इटहरीका बिभिन्न सरकारी तथा निजि बिद्यालयहरुले भव्यरुपमा शिक्षाकी देबि सरस्वतिको पुजा गर्दै सरस्वति पुजा बनाएका हुन । सरस्वति पुजाको अवसरमा सुनसरीका जनता स्कुल,राष्ट्रिय उच्च माबी, सुनसरी सेन्टजेम्स लगायत बिभिन्न स्कुल तथा कलेजहरुले बिभिन्न नाचगान तथा बिभिन्न कार्यक्रम गर्दै सरस्वति पुजा मनाईरहेका छन् ।
यसै गरि बिभिन्न प्राबिधिक बिद्यालयहरुले पनि सरस्वति पुजाको अवसरमा बिद्यार्थीहरुलाई सहुलियतको व्यवस्था गर्दै मनाएका छन् ।

तपाईको प्रतिक्रिया