इटहरी । इटहरी उप–महानगरपालिकाले आफ्नो उप–महानगर क्षेत्रका विभिन्न वडा र गाउँहरुमा हुने झै–झगडा मुद्दा मामिला आदि घट्नालाई आपसमा मेलमिलाप नीतिको घेराभित्र रहेर जीत जीतको अवस्थामा मिलापत्र गराउने उद्देश्यले आयोजित ५ दिने आवासीय तालिम सम्पन्न गरिएको छ ।

सुनसरी जिल्ला अदालतका मुख्य न्यायाधीश पुरुषोत्तम ढकालले तालिमको प्रमाण–पत्र प्रदान गर्नुहुँदै तालिममा प्राप्त ज्ञान र सिपलाई ब्यवहारिक जीवनमा प्रयोग गर्दै गाउँघर र समुदायमा हुने जुनसुकै आपराधिक गतिविधिलाई सहज रुपमा समाधान दिने सफलता मिलोस भन्ने कामना गर्नुभयो ।

तलिममा २० जना निर्वाचित जनप्रतिनिधि २० जना दलित महिला र ३२ जना महिला सञ्चालनमा आवद्ध महिलाहरुलाई मोरङ्ग जिल्लाको लेटाङ्ग तालिम केन्द्रमा समुहमा राखेर तालिम प्रदान गरिएको थियो ।

इटहरी उप–महानगरपालिकाको उप–मेयर एवम मेलमिलाप समिति संयोजक लक्ष्मी गौतमको सभापतित्वमा भएको उक्त तालिम समापन एवम प्रमाण–पत्र वितरण समारोहमा मेयर द्धारिकलाल चौधरीले पनि प्रमाण–पत्र वितरण गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया