इटहरी, ६ माघ । इटहरीको रङ्गशालामा आजदेखि प्रारम्भ भएको स्व. मदन भण्डारी मेमोरियल इटहरी अन्तराष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल खेल अन्तर्गत आज भएको पहिलो खेलमा रुस्लान थ्रिस्टार क्लव काठमाण्डौले शसस्त्र प्रहरीको एपिएफ टिमलाई २–१ गोल अन्तरले पराजित गर्दै सेमी फाईनलमा प्रवेश गरेको छ ।

समुह ए बाट पहिलो खेलबाट नै सेमी फाईनलमा प्रवेश गरेको रुस्लान थ्रिस्टारका खेलाडी अजयी मार्टिनले पहिलो हाफको ३८ मिनेटमा बुद्ध चेम्वोङको पासमा सुन्दर गोल गर्दै आफ्नो कटिमलाई विजयी गराउने ढोका खेलेका थिए भने दोस्रो हाफको २ औ मिनेटमा अजयी मार्टिनले नै दोस्रो गोल आफ्नो पक्षमा प्रहार गर्दै खेलमा विजयको सुनिश्चिता दिलाएका थिए ।

अत्यन्तै प्रतिस्पर्धात्मक खेलमा पहिलो हाफमा १–० गोलको फरमा सकिएको खेलपछि भएको दोस्रो हाफका २ औ मिनेटमा नै रुस्लान थ्रिस्टारका खेलाडी अजयी मार्टिनले अर्को १ गोल थप्दै आफ्नो टिमलाई जिताउने सुनिश्चिता दिलाए भने दोस्रो हाफको खेलमा रुस्लान थ्रिस्टारकै खेलाडी पिटर सेमनले आत्माघाती गोल गर्दै शसस्त्र प्रहरीको एपिएफ क्लवलाई सुन्ने हुनबाट जोगाई दिएका थिए ।

खेलको डिबक्समा दुवै टिमका खेलाडीहरुबीच गोल खोसाखोस र विपक्षी मैद्यानतिर गोल फर्काउने प्रयास गर्दा रुस्लान थ्रिस्टारका खेलाडी पिटर सेमनले आफनो गोलपोष्टबाट विपक्षी गोलपोष्टतिर बल पर्काउने प्रयास गर्दा प्रहार गरेको गोल आफ्नै गोलपोष्टमा आत्माघाती बन्न पुगेर सशस्त्र प्रहरीको एपिएफ टिम गोल रहित हुनबाट बाचेको थियो ।

यस खेल अन्तर्गत भोलि मनाङ्ग मस्र्याङ्गी क्लव काठमाण्डौ र रमपम झापा ११ बीच अर्को पहिलो चरणको खेल हुने आयोजक क्लवले जानकारी दिएको छ । यस खेलको विजेताले १२ लाख रुपियाँ नगद र ट्रफि तथा उपविजेता टिमले ६ लाख रुपियाँ नगद र ट्रफि प्राप्त गर्नेछ । खेलमा नेपालको ६ वटा तथा भारतको कोलकाता र भुटान टिमको सहभागिता रहेको छ ।

तपाईको प्रतिक्रिया