बराह-३ नडाहमा जारी प्रथम मेयर कपमा शुक्रबार भएको आयोजक एभरेस्ट फुटबल क्लब र प्रदेश न:१ प्रहरी फुटबल टिम बिच भएको दोस्रो सेमिफाइनल खेलमा प्रदेस न:१ प्रहरी टिम ट्राइब्रेकर मार्फत ४-३ गोल अन्तरले बिजय भएको छ। निकै प्रतिस्पर्धात्मक बनेको उक्त खेलमा खेलको निर्धारित समयमा कुनै पनि गोल हुन नसक्दा खेलको निर्णय ट्राइब्रेकरबाट भएको थियो। पहिलो हाफमा निकै राम्रो प्रदसन गरेको आयोजक एभरेस्ट फुटबल क्लब दोस्रो हाफको २० औ मिनेटमा जेर्स्री न: १९ का रमेश राजबन्सिले डब्बल पहेलो कार्ड पाउँदा १० जनामा समेटिएको थियो। प्रहरीका मित्र बस्नेत, जयनारायण चौधरी, उज्ज्वल राई, नगेन्द्र दाहालले गोल गर्दा दिलबहादुर तामाङको प्रहार एभरेस्ट क्लबका गोल किपर सुर्य अधिकारिले बचाएका थिय भने एभरेस्ट क्लबका हेमन्त थापामगर, निसान लिम्बु र भुसन सुब्बाले गोल गरे भने पुजन उपरकुटी र सुरज सुनुवारको प्रहार बाहिरन पुगेको थियो। उक्त खेलका म्यान अफ द म्याच एभरेस्ट फुटबल क्लबका जेर्सी न:८ का हेमन्त थापामगर भएका छन।उनले प्रहरी सहायक निरीक्षक जितु साहको हातबाट नगद २५ सय सहित ट्रफी प्राप्त गरेका छन।फाइनल खेल ७ गते आइतबार १ नम्बर प्रदेश प्रहरी टिम बिराटनगर र बराहक्षेत्र फुटबल क्लब, बराह बिच हुने भएको छ। फाइनल बिजेताले नगद एक लाख एक हजार सहित ट्रफी र उपबिजेताले एकाउन्न हजार नगदसहित ट्रफी हात पार्ने छ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
नेपालमा राजा फर्कने सम्भावना प्रवल बन्दै
विकास भण्डारी, इटहरी, सुनसरी नेपालको एकिकरण भएको समय देखि वि.सं. २०६५ साल जेष्ठ १५ गतेका दिन सम्म राजा नेपालमा नेपाली जन...
मानव बेचबिखन विरुद्धको अन्तरक्रिया कार्यक्रम सम्पन्न
इटहरी । मानव बेचबिखन नियन्त्रणका विषयवस्तुमा केन्द्रीत भएर सुनसरीको इटहरीमा संघ संस्थाहरुविच अन्तरक्रिया गरिएको छ । राष्...
इटहरी २ मा रहेको इपि ल्याण्ड एण्ड वाटर पार्क उद्घाटन
इटहरी । निजी क्षेत्रको विकास विना राज्यको विकास नहुने नेपाल उद्योग वाणिज्य महासंघका पुर्व अध्यक्ष चण्डिराज ढकालले वताएका...
मेराे ज्यान तलमाथि हुनसक्छ : प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि आक्रमण हुन सक्ने बताएका छन्। पोखरामा भएको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ...
अहमदिया संघ द्धारा झोराहाटमा निःशुल्क आँखा शिविर
इटहरी । ग्रामिण क्षेत्रका बासिन्दाहरुलाई लक्षित गरि हरेक वर्ष निशुल्क स्वास्थ्य शिविरहरु सञ्चालन गर्दै आएको अहमदिया संघ ...
तरुण दल द्धारा सडकमा दुर्घटना न्युनिकरणकाे लागि संकेत चिन्ह
इटहरी । इटहरी वडा नम्बर तीन सिरिजंगा लाइनकाे सडकमा दुर्घटना न्युनिकरणकाे लागि संकेत स्वरूप रंग लगाइएको छ । तालतलैया प्र...