इटहरी । सुनसरीको इटहरीस्थित रङ्गशालाको तेक्वान्दो एकेडेमी कवर्डहलमा राखेप च्याम्पियनसिम तेह्रो राष्ट्रिय उसु खेल प्रतियोगिता प्रारम्भ गरिएको छ ।
नेपालका पाँच विकास क्षेत्र र तीन विभागीय टिम नेपाल प्रहरी शसस्त्र प्रहरी र नेपाली सेनाको आर्मी गरि ८ वटा टिमका विभिन्न तौल समुहका ११० पुरुष र ७१ म्हिला खेलाडीहरुको सहभागिता रहने छ ।
उक्त राष्ट्रिय प्रतियोगिता अन्तर्गत सान्छौ खेलको पुरुष तर्फको विभिन्न तौल समुहको भिडन्तमा ७१ जना ३८ जना माहिला खेलाडीहरुको सहभागिता रहेको छ भने थाउलो तर्फको भिडन्त अन्तर्गत ३९ जना पुरुष र ३३ जना महिला खेलाडीहरुको प्रतिस्पर्धामा सहभागिता रहेको छ ।
प्रतियोगिताको उद्घाटन समारोहमा राखेपका सदस्य सचिव केशवकुमार विष्टले नेपाली खेलमध्ये उसुले राष्ट्रिय गौरव उच्च राख्नका लागि महत्वपूर्ण भूमिका र योगदान पु¥याउँदै आएको कुरामा जोड दिए छ । उनले अझ यस खेललाई स्तरीयता प्रदान गर्न खेलाडीहरुको हौसला बढाउन राखेप प्रयत्नशील रहेको पनी बताए ।
उनले सोही कार्यक्रमा इटहरी रङ्गशाला परिसरमा यसै हत्पा उसु खेलको राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरको प्रशिक्षण सहितको कवर्डहलको पनी सिलान्यास हुने बताए ।
उक्त अवसरमा सदस्य सचिव विषटले ८ जना निर्णायक ६ जना प्रशिक्षक १५ जना खेलाडी र १ जना ब्यवस्थापकलाई सम्मान समेत गरेका थिए ।

तपाईको प्रतिक्रिया