इटहरी । नागरिक स्तरबाट सिएफएल बल्ब सेट खरिद प्रकारणका दोषीलाई उन्मुक्ति दिन खोजिएको भन्दै विरोध जारी रहेको समय इटहरी उपमहानगरपालिकाले पत्रकार सम्मेलन गरी सो प्रकरणमा प्रकृयागत त्रुटी भएको जनाएको छ ।

सिएफएल खरिदमा आर्थिक अनियमितता भएको भन्ने विषयमा उपमहानगरपालिकाले गठन गरेको छानविन समितिको प्रतिवेदनमा प्रकृयागत त्रुटि भएको उल्लेख भएको पत्रकार सम्मेलन गरी जनाएको हो । पत्रकार सम्मेलनमा वितरित प्रेस विज्ञप्तीमा सम्वन्धीत शाखा र जिम्मेवार कर्मचारीहरुसंग सोधपुछ र सो विषयमा स्पष्टीकरण लिने कार्यपालिका बैठकले निर्णय गरेको उल्लेख गरिएको छ । त्यसै गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई समेत प्रतिवेदन पठाई सकेको जनाइको छ ।

इटहरी उपमहानगरपालिकाले सिएफएल खरिद प्रकरणको विषयमा दोषीलाई उन्मुक्ति दिन दोषीएको भन्दै खवरदारी गर्दै आएका स्थानीय युवाहरुले शुक्रवार पनि आधा घण्टा उपमहानगरपालिकाको मुलगेटमै तालाबन्दी गरी धर्ना दिए । सिएफएल खरिदका विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पुर्वाञ्चल क्षेत्रीय कार्यालयले अनुसन्धान गरिएको छ । अख्तियारका क्षेत्रीय प्रमुख प्रदिपकुमार कोइरालाले अनुसन्धान जारी रहेको वताए । ९७लाखको सिएफएल बल्ब तथा सेट खरिद गर्दा उपमहानगरपालिकाले सार्वजनिक खरिद ऐनको समेत पालना नगरिएको उपमहानगरपालिकाको छानविन समितिको प्रतिवेदनमै उल्लेख भएको छ ।

 

तपाईको प्रतिक्रिया