। राखेपको संयोजनामा नेपाल योग खेलकुद सङ्घको आयोजनामा आजदेखि इटहरीमा प्रथम राष्ट्रिय योग खेल प्रतियोगिता इटहरीको क्रिकेट एकेडेमी कवर्ड हलमा प्रारम्भ गरिएको छ ।

प्रथम राष्ट्रिय योग खेल प्रतियोगिताको उद्घाटन गर्नुहुँदै राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्टले नेपालमा पहिलो पटक आयोजना भएको यो खेल मावन स्वास्थ्यको दृष्टिले जति महत्व छ त्यक्तिकै राष्ट्रका नागरिक स्वस्थ राख्न राज्यले यसलाई पहिलो प्राथमिकतमा राख्न जरुरी रहेको कुरामा जोड दिनुभएको छ ।

यो राष्टिय योग खेल विश्वका अन्य विकसित राष्ट्रमा उच्च प्राथमिकताकासाथ राज्यले चलाउँदै आएको छ । तर नेपालमा भरखरैमात्र यसको शुभारम्भ हुनुले नेपाल मावन स्वास्थ्यकाृ दृष्टिकोणले ज्यादै पछि परेका चर्चा गर्नुहुदै विश्वका धेरै देशले योग शिक्षालाई पहिलो प्राथमिकता दिदै आएको भने पनि नेपालले अझै यस विषयमा ध्यान समेत नदिएको बताउनुभयो ।

नेपाल राष्ट्रिय योग खेलकुद सङ्घका अध्यक्ष प्रोफेसर डा सूर्यबहादुर कार्कीको अध्यक्षतामा उद्घाटन भएको प्रतियोगिता उद्घाटन समारोहमा प्रदेस साँसद सर्वध्वज साँवा लगायतले बोल्नु भएको थियो । प्रतियोगितामा देशभरका डेढ सय खेलाडीहरुको सहभागिता रहेको र प्रथम चरणका खेलहरुमात्र प्रारम्भ गरिएका छन ।

प्रतियोगिता सहभगि भएका खेलाडीहरुको नतिजा जाँचका लागि भारतका योगाचार्य उमङ्ग डाउन,डा.सङ्गम पुरी, योगाचार्य सतिचन्द्र साह योगी मणिराज डाँगी र डा.े देवकी श्रेष्ठले निर्णायकको भूमिका निर्वाह गरिरहनु भएको छ ।

तपाईको प्रतिक्रिया