इटहरी ।   झापाको वितामोडमा रहेको बि एण्ड सी टिचिगं हस्पिटलले इटहरीमा बि एण्ड सी डायग्नोष्टिक सेन्टर सञ्चालनमा ल्याउने भएको हो । धरान र विराटनगरमा ठुला अस्पतालहरु भएपनि पुर्वको प्रमुख सहर इटहरीमा भरपर्दाे अस्पताल नभएको तर्फ मध्यनजर गर्दै सुविधा सम्पन्न अस्पतालको सेवा प्रदान गर्ने गरी सुरुवातमा डायग्नोष्टिक सेन्टर सञ्चालनमा ल्याउन लागिएको जानकारी गराइयो । बि एण्ड सी टिचिगं हस्पिटलका निर्देशक दुर्गा प्रसा

ईले पुर्वको विसीत सरहमा सेवा विस्तार गर्दै सुविधा सम्पन्न अस्पताल समेत सञ्चालनमा ल्याउने गरी अत्याधुनिक ल्याव सेवा सञ्चालनमा ल्याउन लागेको जानकारी दिएका हुन । उनले पहिलो चरणका ल्याव सेवा सञ्चालनमा ल्याएको र तत्काल दुई जना विशेषज्ञ चिकित्सकहरु राखेर सेवा प्रदान गर्ने समेत प्रसाईले जानकारी दिए । उनले इटहरीमा सञ्चालनमा ल्याइने डायग्नोष्टिक सेन्टरबाट सवै प्रकारको परिक्षण हुने गरी ल्याव सेवा सञ्चालन गरिने वताइयो । डायग्नोष्टिक सेन्टरको यही २२ गते विधीवत रुपमा उद्घाटन गरिने जनाइएको छ ।

 

 

 

तपाईको प्रतिक्रिया