इटहरी । इटहरी उपमहानगर पालिका २ मा स्थापना गरिएको राजदेवी मन्दिर ब्यवस्थापन समितिले पत्रकार सम्मेलनमा साढे १६ लाख रुपियाँको लागतमा मन्दिरको जिर्णोद्धारसँगै ३० लाखको लागतमा सामुदायिक भवन निर्माण थालिएको जानकारी दिर्ईएको छ ।
आजभन्दा ८८ बर्षअघि समाजसेवी इन्द्रबहादुर कार्कीले राजदेवी मन्दिर स्थपना गर्दै मन्दिरका लागि ८ कट्ठा जमिन समेत निःशुल्क उपलब्ध गरेपछि उक्त स्थामा त्यस वडाका स्थानीयवासीको सक्रियतामा मन्दिर जिर्णोद्धारसँगै मन्दिर परिसरमा सामुदायिक भवन निर्माण थालिएको पनि ब्यवस्थापन समितिका अध्यक्ष बुद्धिनाथ खतिवडाले पत्रकार सम्मेलनमा जानकारी दिए ।
साथै सोही अवसरमा मन्दिरका लागि हालको प्रचलित मुल्य अनुसार ५७ लाख रुपियाँ मुल्य पर्ने १ कट्ठा सवा ७ धुर जमिन मन्दिरको नाममा थप पास गरि दिने समाजसेवी इन्द्रबहादुर कार्कीका छोरा दीपक कार्की र बुहारी विजया कार्कीलाई दोसल्ला ओढाएर सम्मान समेत गरिएको छ ।
मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष बुद्धिनाथ खतिवडाको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा सचिव गणेश निरौलाले मन्दिरको जिर्णोद्धारसँगै हाल निर्माण थालिएको सामुदायिक भवन र दाता दीपक कार्कीले आफ्नो सक्रियतामा थप जमिन उपलब्ध गरेको विषयमा जानकारी गराएका थिए ।

तपाईको प्रतिक्रिया