विराटनगर÷

क्लब फष्टब्रेक स्नुकर एण्ड पुलक्लबले आयोजना गरेको पुर्वाञ्चल स्तरीय स्नुकर खेलको प्रतीस्प्रधाको बिजेता राम कुमार सहनी ले हात परेका छन् ।
पुष २३ गते देखि बिराटनगरमा संञ्चालन भएको पुर्वञ्चल स्तरीय स्नुकर खेलको प्रतिस्प्रधा को फष्ट रनरअप सुजन प्रधान र सेकेण्ड रनरअपको उपाधि शिव यादव ले हात पारेका थिए ।

खेलमा प्रथम बिजेता लाई ४५ हजार नगद र ट्रफि, दोस्रो बिजेता लाई २५ हजार नगद र ट्रफि तेस्रो बिजेतालाई ५ हजार नगद र ट्रफि तथा चौथो हुनेलाई नगद ४ हजार पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको थियो ।

पुर्वाञ्चलमा क्षेत्रीय स्तरको खेल पहिलो पल्ट आयोजना भएको हो । क्लबका अध्यक्ष नारायण श्रेष्ठका अनुसार पुर्वाञ्चलका काँकडभिट्टा, बिर्तामोड, दमक, उर्लाबारी, बेलबारी, धरान, इटहरी र बिराटनगर उल्लेखीय खेलाडिहरुको सहभागीता रहेको थियो ।

तपाईको प्रतिक्रिया