इटहरी । माघे संक्रान्तिको अवसरमा पुर्वाञ्चल क्षेत्रीय कारागार झुम्कामा आयोजित सांस्कृतिक कार्यक्रममा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुतिमा कैदीवन्दीहरु जाडो मौषमको प्रवाह नगरी मनोरञ्जन लिइरहेका थिए ।
कैदीवन्दीहरुको सोचमा परिवर्तन ल्याई सकारात्मक धारणा विकास गराउने
उदेश्यले सामाजिक गतिविधीहरु संचालन गरिदै आएको क्षेत्रिय कारागारमा माघे संक्रान्तिका अवसरमा आयोजित सांस्कृतिक कार्यक्रममा कलाकारहरुको प्रस्तुती ताली वजाउदै कैदीबन्दीले रमाएका थिए ।
सांस्कृतिक कार्यक्रममा राष्ट्रिय कलाकारहरुका साथै कारागार भित्रकै कैदीवन्दी कलाकारहरुको प्रस्तुति रहेको थियो । नेपाल सरकारले कारागारलाई सुधार गृहको रुपमा विकास गर्दै लैजाने गरेको समयमा
पुर्वाञ्चल क्षेत्रिय कारागारमा समय समयमा विभिन्न किसीमका रचनात्मक कार्यक्रम गरिदै आएका छन । कैदीवन्दीमा सकारात्मक धारणा विकास होस भनेर कारागारमा पुस्तकालय स्थापना गर्ने देखि लिएर खेलकुदका गतिविधीहरु संचालन गरिदै आएको छ । त्यही अन्र्तगत कैदीवन्दीहरु परिवार र समाज भन्दा पर नभएको सोचको विकास गराउदै सकारात्मक धारणा विकासका लागि सांस्कृतिकको आयोजना गरिएको आन्तरिक प्रशासन प्रमुख प्रेम लावतीले वताए ।
सो सांगितक कार्यक्रममा राष्ट्रिय ख्याति प्राप्त कलाकारहरु सुमित थापा, दिपाश्री निरौला, मिना निरौला, प्रशस्ना शाक्य तथा कारागारभित्रकै कैदीबन्दी कलाकारको व्याण्ड कर्मवादसँगै इटहरीको नागी डान्स सेन्टरका कलाकारहरुको प्रस्तुती रहेको थियो । सो सांस्कृतिक कार्यक्रममा दिपाश्री निरौलाले हाँस्यव्यगं प्रस्तुति गरिन भने मिना निरौलाले लगायतका गायक गायिकाहरुले गित प्रस्तुत गरेका थिए भने नागी डान्स सेन्टरका कलाकारहरुले नृत्य प्रस्तुत गरेका थिए।

तपाईको प्रतिक्रिया