भरौल  । सुनसरीको बराह नगरपालिकामा एभरेष्ट फुटबल क्लव भरौलको आयोजनामा बराह मेयर कप आईतबारबाट सुरु भएको छ । भरौलको एभरेष्ट फुटबल क्लबको खेल मैदानमा सुरु भएको “प्रथम मेयर कप ” को उद्घाटन खेलमा बेलबारी फुटबल क्लव मोरङ विजयी भएको हो । ब्वाइज फुटबल क्लव इटहरीलाई शुन्यको विरुद्ध एक गोलको अन्तरले मोरगंको बेलबारी फुटबल क्लव विजयी भएको हो । यहाँ कर्ण लिम्ुबको १ मात्र गोल खेलका लागि निर्णयक बन्यो । खेलको ६० मिनेटको समयमा खेलमा दुवै तर्फबाट गोल हुन नसकेपछि खेलको अतिरिक्त समयको २ औ मिनेटमा बेलबारी फुटबल क्लवका जर्सी नम्बर १४ का कर्ण लिम्बुले १ गोल गरेर टिमलाई विजयी बनाउन सफल भएका थिए । खेलमा म्यान अफ द म्याच बेलबारी फुटबल क्लवका जर्सी नं १४ कै कर्ण लिम्बुलाई २ हजार ५ सय रुपियाँ र ट्रफी प्रदान गरीएको छ । बराह नगरपालिकाको प्रथम मेयर कपको प्रथम पुरस्कार १ लाख १ हजार र दोस्रो पुरस्कार ५१ हजार रुपियाँ रहेको मेयर कपका अध्यक्ष मधुसुदन भट्टराईले जानकारी दिनुभयो । सोमबार (आज) हुने खेलमा पुर्व क्षेत्रीय तालिम केन्द्र रानी बिराटनगर र राजाबास फुटबल क्लव सुनसरी राजावास बीच प्रतिस्पर्धा हुनेछ । म्यान अफ दि म्याच खेलको प्रत्येक दिनमा २ हजार ५ सय र फाइनलमा ३ हजार प्रदान गरीने साथै हाइस्कोर ल्याउनेलाई ७ हजार रुपियाँ, बेस्ट किपर ५ हजार ,प्लेयर अफ द टुरामेन्ट १० हजार प्रदान गरीने आयोजकले जानकारी दिएको छ

 

 

तपाईको प्रतिक्रिया