प्रेस मञ्च नेपालको पहिलो केन्द्रिय बैठक जनकपुरमा बस्दै चन्दन रौनियार सुनसरी पौष २७/प्रेस मञ्च नेपालको केन्द्रिय बैठक यही आउदो माघ ४ र ५गते जनकपुरमा हुने भएको छ । पूर्ण प्रेस स्वतन्त्रता, समावेशी प्रेस जगत र अधिकारका लागि साँझा पत्रकार संगठन मुल नाराको साथ कार्य गर्दै आएको मञ्चको केन्द्रिय बैठकले विभिन्न उपसमिति एवं प्रदेश स्तरिय समिति निर्माण गरिने केन्द्रिय अध्यक्ष संतोष पटेलले बताए । केन्द्रिय बैठकमा समितिका पदाधिकारी, केन्द्रिय कार्य समिति सदस्य एवं सम्पूर्ण शाखा अध्यक्षहरुको सहभागिता रहने छ । प्रेस मञ्च नेपालका केन्द्रिय उपाध्यक्ष बिन्द किशोर साह एवं धनुषा शाखालाई व्यवस्थापनको जिम्मेवारी दिएको छ । प्रेस मञ्च नेपालको शाखाहरु पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा, सप्तरी, उदयपुर, सुनसरी, मोरंग, झापा, कास्की, चितवन, रुपन्देही, कपिलवस्तु, बाँके, बर्दिया, दांग, कैलालीमा समेत शाखा विस्तार गरेको छ थप संगठन विस्तार एवं समाजिक कृयाकलाप सँगै देश एवं मधेशको जल्दो बल्दो अवस्थालाई हेरेर कार्यक्रम गर्दै आएको मञ्चले आफ्ना साथीहरुको कार्य मुल्यांकण एवं नेपाल पत्रकार महासंघको प्रदेश स्तरिय निर्वाचनमा समेत आफनो पकड बनाउने उद्देश्यले जनकपुरको केन्द्रिय बैठक महत्वपुर्ण हुने संस्थाले जनाएको छ
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
सुनसरीका कृषकहरुसंग साक्षात्कार कार्यक्रम
धरान । खेती नलगाएर बाँझो राखिएका जग्गाहरुमा खेती गरेर कृषकहरुलाई आर्थिक उपार्जनका लागि सहयोग पुर्याउने लगायतका उद्धेश्यह...
धनकुटा क्याम्पसमा विविए पढाई कार्यक्रम सञ्चालनका लागि छलफल सम्पन्न
धनकुटा । धनकुटा बहुमुखी क्याम्पस धनकुटामा अब ब्याचलर अफ बिजनेस एडमिनिस्टे«शन पढाई हुने भएको छ । त्रिभूवन विश्वविद्यालय भ...
समीक्षा तथा अन्तरक्रिया गोष्ठी पाख्रीबास नगरपालिकामा सम्पन्न
धनकुटा । निजी आवास पुनर्निर्माण सम्बन्धी समीक्षा तथा अन्तरक्रिया गोष्ठी धनकुटाको पाख्रीबास नगरपालिकामा सम्पन्न भएको छ ।...
नारी विकास संघको २४ औं वार्षिक साधारण सभा सम्पन्न
मोरगं । नारी विकास संघ शाखा कार्यालय सलकपुरले एक कार्यक्रमको आयोजना गरि २४ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । महिला...
सुनसरी साक्षर जिल्ला घाेषणा भएकाे ४ वर्ष : रामधुनीकाे सिंगाे मुसहर बस्ति शिक्षाबाटै बञ्चित
इटहरी । सुनसरी जिल्लालाइ साक्षर जिल्लाको रूपमा घोषणा गरिएको फागुनमा ४ वर्ष पुग्छ । बडो तामझाम र बाजा गाजा सहित औपचारीक क...
इटहरीका एकै घरका दाजु बहिनीको एकै दिन मृत्यु
इटहरीका एकै घरका दाजु बहिनीको एकै दिन मृत्यु भएको छ । इटहरी २० तरहरा तामाङ टोलका एक राजेन राई र बहिनी दिपा राईको एकै दिन...