इटहरी, । उद्योग बाणिज्य सङ्घ इटहरीको सक्रियतामा इटहरी उप–महानगरपालिका–४ सञ्चालनमा रहेको कविर माध्यमिक विद्यालयमा अध्ययनरत गरिव परिवारका बालबालिकाहरुलाई मध्यनजर गर्दै विद्यालय झोलासँगै आवश्यक शैक्षिक सामग्री समेत प्रदान गरिएको छ ।

उद्योग बाणिज्य सङ्घ इटहरीका बरिष्ठ उपाध्यक्ष शैलेस विष्टको अगुवाई र नेतृत्वमा पदाधिकारीहरुको एक टोलीले आज सोही विद्यालयमा गई विभिन्न कक्षामा अध्ययनरत ७१ बालबालिकाहरुलाई झोला र अन्य शैक्षिक सामगीहरु प्रदान गरिएको हो ।

विद्यालय ब्यवस्थापन समितको पूर्व अध्यक्ष तेजबहादुर कार्कीको अध्यक्षतामा भएको झोला तथा शैक्षिक आवश्यक कपि कलम पेन्सिल सामग्री वितरणमा उद्योग बाणिज्य सङ्घका पदाधिकारीहरु टङ्क खनाल राजेन्द्रकेशरी घिमिरे उमानाथ दाहाल नवराज काफ्ले मुना तिम्सिनाक विश्व धिमाल लगायतको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया