इटहरी । नेपाल रेढक्रस सोसाईटी इटहरी उपशाखाले स्थापनाको २० औं बार्षिक साधारणसभा कार्यक्रम सम्पन्न गर्दै रेडक्रसका आजीवन सदस्यहरुको सदस्यता प्रदान गरेको छ ।
सोही समारोहमा छोटो अवधिमा नै सामाजिक सेवाका क्षेत्रमा विशिष्ठ योगदान पु¥याएको भन्दै इटहरीका किशोरहरु युवा विकास कन्द्रका अध्यक्ष अरुण खड्का र युथ फर ब्लडका केन्द्रिय अध्यक्ष अतित गुरागाईलाई सम्मान गरिएको छ ।
युवाहरुलाई जिम्मेवार एवम समाजप्रति समर्पित रहन उत्प्रेरणाका लागि उदाहरणीय कार्य गरेको भन्दै अरुण खड्का र आपतकालिन रगत उपलब्ध गराउने कार्यमा अग्रणी योगदान पु¥याएको भन्दै गुरागाईलाई सम्मान गरेको रेडक्रसले बताएको छ ।
नेपाल रेडक्रस सोसाईटी उपशाखा इटहरीका अध्यक्ष बिमल पौडेलेको अध्यक्षतामा भएको बीसौ बार्षिक साधारणसभा समारोहमा १०३ जना आजीवन सदस्यहरुलाई आजीवन सदस्यता प्रदान गरिएको छ ।
त्यसैगरी सोही समारोहमा अन्य विभिन्न क्षेत्रमा योगदान पु¥याएकाहरुलाई पनि पुरस्कार प्रदानसँगै सम्मान समेत गरिएको छ । उक्त अवसरमा कार्यक्रमका प्रमुख अतिथि प्रदेश साँसद लिलम बस्नेत, रेडक्रस केन्द्रिय सदस्य बासुदेव गौतम,वडा नम्बर छका अध्याक्ष दीपक गौतम, किशोर भण्डारी नेपाल पत्रकार महासंघका अध्याक्ष अमर खड्का लगायतले साधारणसभा समारोहको सफलताको शुभकामना ब्यक्त गरेका थिए ।

 

तपाईको प्रतिक्रिया