इटहरी । थारु समुदायको जातीय परम्परा अनुरुप आफ्नो सांस्कृतिक पर्वलाई जीवन्त राख्दै हरेक बर्षको नयाँ उत्पादन भूमिदेवलाई चढाएरमात्र खाने जातीय संस्कार माघी पर्वलाई भब्यता प्रदान गर्न रामधुनीको कुमारखत क्षेत्रमा माँघी महोत्सव गरिने भएको छ । कुमारखत क्षेत्रमा पत्रकार सम्मेलन गरी उक्त कुराको जानकारी दिईएको हो ।
रामधुनी नगरपालिकाको कुमारखत क्षेत्रका थारु समुदायले आफ्नो जातीय धार्मिक परम्परा र संस्कृतिलाई आफ्नो थारु समुदायको नयाँ पुस्तालाई भविष्यमा समेत थारु संस्कृति जिवित राख्न प्रेरणा प्रदान गर्दै जाने उद्देश्यकासाथ माँघी महोत्सव गर्न लागिएको कुमारखतमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईएको छ ।
थारु समुदायले प्राचीनकालदेखि नै मनाउँदै आएको माँघी पर्वलाई अन्य जाती र समुदायमा समेत हस्तान्तरण गर्दै लैजाने उद्देश्यकासाथ सार्वजनिक रुपमा नै माघीलाई अझ परिस्कृत गर्नका लागि पछिल्लो समयमा माँघीलाई महोत्सवको रुपमा मनाउन थालिएको तीलाकुमारी चौधरीले बताइन ।
साथै सोही थारु महिलासभा रामधुनी अध्यक्ष सीता चौधरी, कुमारखत सामुदायिक बन उपभोक्ता समुहका अध्यक्ष रामकुमार चौधरी, श्रवणकुमार चौधरी, मञ्जु चौधरी, कमला चौधरी लगायतले माँघीको महत्व र थारु समुदायले प्रयोग गर्दै आएको खानपान भेषभूषा जातीय धार्मिक परम्परा आदि संरक्षणका लागि माँघी महोत्सव लगाउन थालिएको जानकारी दिए ।

तपाईको प्रतिक्रिया