इटहरी । पृथ्विनारायण शाहको जन्म दिवसको अवसर पारेर सुनसरीको इटहरीमा पनि पृथ्वि जयन्ती तथा राष्ट्यि एकता दिवस भव्य रुपमा मनाइएको छ ।

नागरिक स्तरमा पृथ्वि जयन्ती तथा राष्ट्यि एकता दिवस मुल समिति गठन गरी भव्य रुपमा पृथ्वि जयन्ती मनाइएको हो । नागरिक स्तरबाट गठन गरिएको समितिले आयोजना गरेको राष्ट्यि एकता दिवसलाई सम्वोधन गर्दै पुर्व प्रधानसेनापति रुकमागंत कटुवालले मुलुकमा विदेशी हस्तक्षेत्र बढ्ने खतरा बढेको मा पृथ्विनारायण शाहले बाइसे र चौविसे राज्यमा विभाजित मुलुकलाई एकतामा वाध्ने काम गरेको स्मरण गरे । उनले युवाहरुले व्यक्त गरेका राष्ट्यि भावनाले गर्दा राष्ट्यिता मजवुत वन्दै गएको आफुले महसुश गरेको विचार व्यक्त गरे । कार्यक्रममा पुर्व मन्त्री रामकुमार सुव्वा, प्रदेससभाका नव निर्वाचित सांसद सर्वध्वज सावा, प्रा .डा. बद्री विशाल पोखरेल लगायतले पृथ्विनारायणको व्यक्तित्व र शासकिय क्षमताका विषयमा चर्चा गरेका थिए । मुलुकमा गणतन्त्र स्थापना भएपछि पहिलो पटक पृथ्वि जयन्तीको अवसरमा राज्यले सार्वजनिक समय विदा समेत दिएको छ ।

तपाईको प्रतिक्रिया