इटहरी,।
अम्बे बचत तथा ऋण सहकारी संस्था लिमिटेड इटहरीले पाँचौ बार्षिक साधारणसभा सम्पन्न गरेको छ । आफ्नो कारोवारसँगै शेयर सदस्यको आर्थिक पहुच विस्तारका लागि पु¥याएको योगदान सहित विभिन्न कार्यक्रम अनुमोदन गर्दै साधारणसभा सम्पन्न गरेको हो ।

इटहरी उपमहानगरपालिका क्षेत्रमा सक्रिय एक दर्जनबढि सहकारीका सूचिमा अग्रणी कारोवारको छवि बनाउन सफल भएका अम्वे बचत तथा ऋण सहकारी संस्थाले स्थापनाको पाँचौ बार्षिक साधारणसभासम्ममा आई पुग्दा ३१ करोड ७५ लाख ४७ हजार १ सय ५५ रुपियाँको कारोवार गरेको साधारणसभामा प्रस्तुत आर्थिक प्रतिवेदनमा उल्लेख रहेको छ ।

चालु आर्थिक बर्षको अवधिभर ३६ करोड रुपियाँ शेयर सदस्यहरुका बीचमा लगानी रहि रहने योजना सहित सहकारीको अवधारणा मुताविक शेयर सदस्यको आर्थिकस्तर माथि उकास्ने कार्यमा अगाडी रहेको यस अम्वे बचत तथा ऋण सहकारीले चालु आर्थिक बर्षको अवधिभरिमा ३ करोड २० लाख शेयर पूजि पु¥याउने योजना रहेको अध्यक्ष फणिन्द« बहादुर मगरलेले साधरणसभालाई जानकारी गराउनुभएको छ ।
सहकारीले साधारणसभा समारोहमा लामो समयदेखि सर्वसाधारण एवम सिमान्तकृत परवारका बालबच्चालाई निःशुल्क शिक्षण सेवा प्रदान गर्दै आउनु भएको इटहरीका चन्द्र भण्डारीलाई उहाँले पु¥याउनु भएको योगदानका कदर गर्दै दोसल्ला ओढाएर सम्मान गरेको छ ।
त्यसैगरी सोही समारोहमा उत्कृष्ठ शेयर सदस्यहरु तीर्थ तिम्सिना र गोकुल जिन्दललाई नगद सहित सम्मान गरियो भने उत्कृष्ठ बजार प्रतिनिधि घोषणा गर्दै नविन रेग्मी र कर्मचारी तर्फ भोजकुमार मगरलाई पनि नगद सहित सम्मान गरिएको छ ।
सहकारीका अध्यक्ष फणिन्द्रबहादुर मगरको अध्यक्षतामा भएको उक्त साधारकणसभामा नेपाल बचत तथा ऋणा केन्द्रिय सहकारीका सदस्य शिव डाँगीको प्रमुख आतिथ्यता रहेको थियो ।

तपाईको प्रतिक्रिया