इटहरी । माघे सक्रान्ती अर्थात तिला सक्रान्ती नजीकीदै आइरहेको समयमा संक्रान्तीमा आवश्यक पर्ने तिल , सख्खर लगायतका मालसमानहरुको विक्री वढेको छ । विशेष गरी पुर्वी नेपालमा माघे संक्राती नजीकी रहेको समयमा उखु पेलेर
सक्खर वनाउने देखि लिएर , सख्खर , तील, तरुल र अन्य उपभोग्य वस्तुले वजार पाउन थालेको हो । पुर्वी नेपालका वजारहरुमा पछिल्लो समयमा सख्खर , तिल , भुजा , तरुल लगायतका सामानहरुको विक्री वढेको पाइन्छ । माघे संक्रान्तीमा प्रयोग हुने सामाग्रीहरुको वजारमा माग वढेपछि मुल्यपनि अकासीन थालेको छ । अन्य समयको तलनामा अहिले सक्खर, तील , तरुल लगायतको मुल्य वढेको उपभोक्ताहरु वताउछन ।
माघे संक्रान्तीमा सख्खर र तिलको लड्डुका साथै चाकु, तरुल खाने प्रचलन रहदै आएको छ भने सख्खर मिश्रीत अन्य लड्डुहरुपनि पछिल्लो समयमा वनाउन थालीएपछि सख्खरको माग वढी हुने गरेको छ । तर पछिल्लो समयमा आएर पुर्वी नेपालमा उखुवाट सख्खर वनाउने कार्य घटदै आएको कारण छिमेकी मुलुक भारतबाट समेत सख्खर आयत गरिने गरिएको छ । भारतीय वजारवाट आउने सख्खरहरुका कारण नेपाली सख्खर उत्पादकहरु मारमा परेको सख्खर उत्पादकहरु वताउछन ।

माघे संकान्ती विशेष गरी थारु समुदायले महान पर्वको रुपमा मनाउने गरेपनि हिन्दु धर्मालम्वी अन्य समुदायका मानिसहरुले समेत धुमधामका साथ मनाउन थालेका छन । तिलका लड्डु , तरुल लगायतका वस्तुहरु खाने परम्परा रहेका कारण माघे संकान्तीको समयमा सख्खर तिल , तरुल लगायतका समानहरुको माग वढी हुने गरेको छ ।

तपाईको प्रतिक्रिया