इटहरी । राष्ट्रिय खेलकुल परिषदको आयोजनामा इटहरीमा सञ्चालित राखेप च्याम्पियनसिप ४२ राष्ट्रिय एथलेटिक्स प्रतियोगितामा नेपाली सेनाको विभागीय टिम प्रथम बन्दै आज सम्पन्न भएको छ । नेपाली सेनाको विभागीय टिमले प्रतिस्पर्धामा ११ स्वर्ण ७ रजत र ८ कास्य पदक हात पार्दै शिर्ष स्थान हाँसिल गर्दै एथलेटिक्स खेलमा बर्चश्व कायम गरेको छ ।
तीन दिनदेखि इटहरी रङ्गशालामा जारी राखेप च्याम्पियनसिप ४२ औ राष्ट्रिय एथलेटिक्स प्रतियोगितामा शसस्त्र प्रहरीको विभागीय टिमले ३ स्वर्ण १ रजत र ३ कास्य पदक जित्दै प्रतिस्पर्धामा दोस्रो भयो नेपाल प्रहरीको विभागीय टिमले प्रतिस्पर्धा अवधिमा १ स्वर्ण ३ रजत पदक हात पार्न सफल भएको छ ।
यसैगरी उक्त प्रतियोगितामा मध्यपश्चिमाञ्चल टिमले १ स्वर्ण १ रजत र १ कास्य पदक तिजेर प्रतिस्पर्धामा चौथो स्थान पक्का गर्न सफल भयो भने सुदूर पश्चिमाञ्चल टिमले १ कास्य पदकमामात्र चित्त बुझाउनु प¥यो भने पूर्वाञ्चल मध्यमाञ्चल र मध्यपश्चिमाञ्चल समेतले पदक विहिन बन्दै प्रतियोगिताबाट बाहिरिनु परेको छ ।
प्रतियोगिताका विजेताहरुलाई राष्ट्रिय एथेलेटिक्स सङ्घका अध्यक्ष राजिवविक्रम शाह, अन्तराष्ट्रिय धावक बैकुण्ठ मानन्धर खेलकुल मन्त्रालयका उपसचिव जनार्दन रिजाल कल्पना चौधरी लगायतले मेडल वितरण गर्नुभयो । खेल समापन कार्यक्रम सुनसरी एथलेटिक्स सङक्घका अध्यक्ष बीरेन्द्र चौधरीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

 

 

 

तपाईको प्रतिक्रिया