इटहरी । इटहरी रङ्गशालामा जारी ४२ औ राखेप च्याम्पियनसिम राष्ट्रिय एथलेटिक्स खेल प्रतियोगिता अन्तर्गत दोस्रो दिन जारी भई सम्पन्न भएका पाँच खेलको अन्तिम नतिजा अनुसार नेपाली सेनका विभागीय टिमका खेलाडीहरुले ४ स्वर्ण २ रजत र २ कास्य पदक जित्दै प्रतिस्पर्धामा पचेश्व कायम जारी राखेको छ ।
जारी प्रतियोगितामा नेपाल प्रहरीले १ स्वर्ण र २ रजत तथा शसस्त्र प्रहरीका विभागीय टिमले १ रजत र ३ कास्य पदक प्राप्त गरेको छ । एथलेटिक्स खेलका जारी रहेको छ । आज सम्पन्न भएको खेल अन्तर्गतको ११० मिटर पुरुष हडल्स तर्फको खेलमा नेपाल आर्मीका राकपक्रसाद थारुले स्वर्ण पदक प्राप्त गरेका छन भने नेपाल प्रहरीका चन्द्रदेव जोशीले रजत र नेपाल आर्मीकात्र नीरबहादुर चौधरीले कास्य पदक प्राप्त गरेका छन ।
यसैगरी आजै सम्पन्न भएको महिला डिसकस थ्रो खेल अन्तर्गत भएको प्रतिस्पर्धामा नेपाल आर्मीकी अमृता महतोले स्वर्ण नेपाल पुलिसकी हिरा चौधरीले रजत र शसस्त्र प्रहरीकी जीतकुमारी महतोले कास्य पदक जित्नुभएको छ । त्यस्तै पुरुष डिसकस तर्फको प्रतिस्पर्धामा नेपाल प्रहरीका पुष्कल खड्काले स्वर्ण नेपाल आर्मीका विनोद राईले रजत र शसस्त्र प्रहरीका प्रेम हुचिङले कास्य पदक प्राप्त गरेका थिए ।
आजै भएको १५ सय मिटर लामो दुरीको पुरुष तर्फको दौडमा नेपाल आर्मीका उमेश मस्र्याङ्दी मगरले स्वर्ण पदक हात पारेका छन भने शसस्त्र प्रहरीका अजितकुमार यादवले रजत र नेपाल आर्मीका रामजी बस्नेतले कास्य पदक जित्नुभएको छ । त्यस्तै महिला तर्पmको १५ सय मिटर दुरीको दौडमा नेपाल आर्मीकी ओलम्पियन खेलाडी सरस्वती भट्टराईले स्वर्णमाथि कब्जा जमाईन भने आर्मीकै सानुमाया राईले रजत र शसस्त्र प्रहरीकी धाविका पूmलमुनि रानाले कास्य पदक प्राप्त गरे

तपाईको प्रतिक्रिया