राखेप च्याम्पियनसिप ४२ औ राष्ट्रिय एथलेटिक्स प्रतियोगिताको आज इटहरीमा सुरु भएको छ ।

राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्टले नेपाल एथलेटिक्स सङ्घको आयोजना तथा मोरङ्ग एथलेटिक्स सङ्घको संयोजनमा इटहरी रंगशालामा उद्घाटन गर्नुभएको हो ।

नेपालका पाँच विकास क्षेत्र एवम तीन विभागीय टिम नेपाल प्रहरी शसस्त्र प्रहरी र नेपाल आर्मी को राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी धावकहरु सहित १८७ जना एथलेटिक्स खेलाडीको प्रतियोगितामा सहभागिता रहेको छ ।

पचास भन्दा बढि ओलम्पियन खेलाडी सहित प्रशिक्षक र निर्णायकहरु समेतको सहभागितामा तीन दिनसम्म चल्ने प्रतियोगिताको उद्घाटन समारोहमा सदस्य सचिव विष्टले यो देशको शीर उच्च राख्दै राष्ट्रिय गौरव एवम प्रतिष्ठा प्राप्तीका लागि विदेशमा समेत नेपालको चन्द्र सूर्य अङ्कित झण्डा फहराउने अधिकार कोही नेपालीलाई छ भने त्यो नेपाली खेलाडीलाई मात्र रहेको बताउनुभयो ।

सदस्य सचिव विष्टले अहिले राज्यले पनि नेपाली खेलेका विकासमा विशेष चासो सहित बजेट विनियोजनमा सक्रियता देखाउदै आएको तथा प्रदेश १ को स्पोट्र्स सिटी घोषित हुने तयारीमा रहेको इटहरीमा यो राखेप च्याम्पियनसिप ४२ र्औ राष्ट्रिय एथलेटिक्स खेल आयोजना हुनुले पनि खेलाडीहरुको सुन्दर भविष्य निर्माणका लागि सुनौला दिनको राखेपले शुभारम्भ गर्न थालेको सङ्केतका रुपमा लिन उहाँले आग्रह समेत गर्नुभयो ।

उक्त प्रतियोगिता अन्तर्गत सय मिटर दुईसय मिटर चारसय मिटर दशहजार मिटर लगायतका अन्य दुरीका र्दौड तथा हाईजम्प लङजम्व त्रिबल जम्प ज्याब्लिङ थ्रो ह्याम्वरस थ्रो सर्टफुट लगायतका खेलहरुमा खेलाडीहरुको प्रतियोगिता हुने बताईएको छ । प्रतियोगिता तीन दिन सम्म चल्नेछ ।

तपाईको प्रतिक्रिया