इटहरी । स्पोर्टस सिटी इटहरीमा आजदेखि जारी ४२ औ राखेप च्याम्पियनसिप एथलेटिक्स राष्ट्रिय खेल प्रतियोगितामा अन्तर्गत पहिलो दिन भएको आठवट प्रतिस्पर्धामा नेपाली सेनाले ५ वटा स्वर्ण ६ वटा राजत प्राप्त गर्दै खेलमा प्रथम भयो भने शसस्त्र प्रहसीले २ स्वर्ण र ४ कास्य पदक प्राप्त गर्दै खेलमा स्थानमा प्राप्त गर्न सफल भएको छ ।
खेलमा नेपाली सेनाकै खेलाडीले बर्चश्व कायम गर्दै आठ खेलमा ४ वटा कास्य पदक प्राप्त गर्दै खेलमा तेस्रो स्थान बनाउन सफल भएको छ । सम्पन्न भएको खेल अन्तर्गत १० हजार मिटरको दौडमा शसस्त्र प्रहरीका धावक गोपीचन्द पार्कीले स्वर्ण प्राप्त गरे भने नेपाल आर्मीका गजेन्द्र राईले राजत पदक प्राप्त गरे भने आर्मीकै टीकाराज कवालले कास्य पदक प्राप्त गरेका छन ।
महिला तर्फको दौडमा आर्मीकै विश्वरुपा बुढाले स्वर्ण तथा आर्मीकै रेसु बस्नेतले रजत र शसस्त्र प्रहरीकी विन्दाधके श्रेष्ठले कास्य पदक प्राप्त गरेकी छिन । त्यस्तै पुरुष तर्फको हाईजम्प खेलमा आर्मीका सूर्यवहादुर खत्री स्वर्ण आर्मीकै प्रेमवहादुर सिँहले रजत र नेपाल प्रहरीका गोपाल चौधरीले कास्य पदक पदक प्राप्त गरेका छन ।
त्यसैगरी पुरुष तर्फका हेम्वर थ्रो खेलमा आर्मीका जीवन चौधरीले स्वर्ण तथा आर्मीकै विनोद राईले रजत र पश्चिम क्षेत्रका बिनेद वस्नेतले कास्य पदक हात पारेका छन । आजै भएको ८ सय मिटर पुरुष दौडमा आर्मीका सोमबहादुर कुमालले स्वर्ण आर्मीकै उमेश मस्र्याङ्दी मगरले रजत र शसस्त्रका हिम्मत घतीृले कास्य पदक जितेका छन ।
त्यसैगरी आजै भएको महिला तर्फको ८ सय मिटर दौडमा आर्मी ओलम्पियन सरस्वती भट्टराईले स्वर्ण आर्मीकै सानुमाया काकीले रजत र शसस्त्रकी जानुका थापाले कास्य पदकमा चित्त बुझाउनु परेको छ । त्यस्तै पुरुष तर्फको १ सय मिटर दौडमा आर्मीका यामसाजन सुनवारले स्वर्ण मध्यमाञ्चल क्षेत्रका आशिष खत्रीले रजत र शसस्त्रका आशिष चौधरीले कास्य पदक प्राप्त गरेका थिए ।
त्यस्तै एक सय मिटर दौड अन्तर्गत महिलाको दौडमा सशस्त्रीकी सरस्वती चौधरीले स्वर्ण आमीकी कृष्ण चौधरीले रजत तथा मध्यपश्चिमाञ्चलकी प्रमिला थारुले कास्य पदक प्राप्त गरिन । अन्य खेलहरु क्तमश भोलि पर्सी चल्ने बताईएको छ ।

तपाईको प्रतिक्रिया