इटहरी । प्राकृतिक स्रोत द्धन्द रुपान्तरण केन्द्रले जल जमिन र जङ्गलसँग सम्वन्धि झै–झैगडा एवम विवादलाई जरैदेखि अन्त्य गर्ने जिम्मेवारी अव स्थानीय तहमा आएकाले यस विषयमा स्थानीय तहले जिम्मेवार भएर निरुपण गर्ने दक्षता प्राप्त गर्न जरुरी रहेको कुरामा जोड दिएको छ ।
सुनसरी जिल्लाका १२ स्थानीयका निर्वाचित मेयर उपमेयर तथा अध्यक्ष एवम उपाध्यक्षहरुलाई निर्वाचित लाई बधाई तथा शुभकामना तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको हो ।
अहिले संविधानले नै स्थानीय तहमा सवै प्रकारका विवाद वा झै–झगडा निरुपण गर्नका लागि उप मेयर वा उपाध्यक्षको अध्यक्षतामा रहने न्यायिक समितिलाई पनि विवाद वा झगडाको गहिराईमा पुगेर विवादको कारणको गहिराईमा पुगेर दीर्घकालिन रुपमा नमिलेका मनहरु मिलाउन शसक्त बन्ने प्रेरणा प्रदान गर्न उक्त कार्यक्रम आयोजना गरिएको हो ।
उक्त अवसरमा जिल्ला समन्वय समितिका सभापति गोपाल राजभण्डारीले गाउँघरमा उत्पन्न हुने द्धन्द समाधानका लागि ज्यादै सहज र प्रभावकारी उपाय सावित भई सकेको यो विषयलाई गाउँको भित्रि तहसम्म पु¥याउने ज्ञान सिप र दक्षताको शिक्षा दिन जरुरी रहेको बताए ।
कार्यक्रममा प्राकृतिक स्रोत द्धन्द रुपान्तरण केन्द्रका कार्यकारी निर्देशक चोपबहादुर थापाले जल जमिन र जङ्गलसँग सरोकार राख्ने विषयमा उत्पन्न विवाद वा मुद्दालाई जरैदेखि अन्त्य गर्न सफल भएको अभियान कार्यक्रमले अहिले देशभरमा चित्रालिस सय विवाद र १०७ वटा ठूला विवादको समाधान गरिसकेको जानकारी दिए ।
कार्यक्रममा नगरपालिकाका उप प्रमुखका तर्फवाट इनरुवाको उपमेयर जमुना पोख्रेल गाविका अध्यक्षका तर्फवाट देवानगञ्ज गाउपालिकाका अध्यक्ष लालिप्रसाद मेहता, नेकपा एमाले सुनसरीका सभापति रमेश बस्नेत लगायतले आ आफ्नो विचार राखेका थिए ।
प्राकृतिक स्रोत द्धन्द रुपान्तरण केन्द्र पूवाञ्चल प्रमुख हिमबहादुर डीसीको अध्यक्षमा भएको उक्त कार्यक्रममा राष्ट्रिय स्रोतब्यक्ति कृष्णा राईले सुनसरीको विभिन्न स्थानमा उत्पन्न विवाद र समाधान भएका झै–झगाडहरुको आँकडा प्रस्तृुत गर्दै लामो समयदेखि नमिलेको समस्या मिलाएको जानकारी दिइन ।

तपाईको प्रतिक्रिया