इटहरी । त्रिभुवन विश्वविद्यलयले उच्च शिक्षा अन्तर्गत शिक्षा सङ्काय अन्तर्गत अङ्ग्रेजी र गणित विषयको स्नातकोत्तर विषयमा खुल्ला दुर शिक्षा पद्दतीबाट अध्यापन कार्यलाई विशेष प्राथमिकता दिदै आएको छ ।
त्रिभुवन विश्व विद्यलायका प्रोफेसरहरुले सुनसरीको इटहरीमा पत्रकार सम्मेलनको आयोजना गरी उक्त विषयको जानकारी दिदै सेमेष्टर प्रणाली मार्फत विद्यार्थीहरुलाई नयाँ प्रविधिको उपयोग गर्दै खुल्ला दुर शिक्षा प्रणाली अन्तर्गत उच्च शिक्षा उपलब्ध गराउने उद्देश्यले त्यस्तो कार्य अघि बढाएको बताएको छ ।
चार बर्षअघिबाट एमवीवीएस सङ्काय अन्तर्गत अङ्ग्रेजी र गणित विषयका विद्यार्थीहरुलाई अवसर उपलब्ध गराउने उद्देश्यले घरैमा बसेर अनलाईन पद्दतीबाट यो शिक्षण सेवा उपलब्ध गराउँदै आएको तथा शिक्षक एवम विद्यार्थीहरुले उच्च प्रविधिको प्रयोग मार्फत शिक्षण सिकाईमा सहभागि हुने त्रिविले ब्यवस्था मिलाएको पत्रकार सम्मेलनमा जानकारी दिईएको छ ।
पत्रकार सम्मेलनमा त्रिभुवन विश्वविद्यालयका प्रोफेसर प्रेम फ्याक लिम्वु र पेशल खनालले उक्त विषयको शिक्षण सिकाई प्रविधिका विषयमा जानकारी दिदै त्रिविले केही सस्तो शिक्षा दिने उद्देश्य राखेर एमविविएर तहको शिक्षालाई विद्यार्थीको पहुँचमा पु¥याउन यो शिक्षण सिकाईको ब्यवस्था मिलाएको तथा अन्तिम परीक्षा भने केन्द्रिय तहबाट नै गर्ने ब्यवस्था मिलाएको पनि जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया