तराइमा जाडो बढेपछी त्रिवेणी टेक्निकल कलेजको सहयोग तथा उद्योग बाणिज्य महासङ्घका केन्द्रिय सदस्य रोहित प्रसाईको अगुवाईमा विद्यार्थीहरुलाई स्वीटर वितरण गरिएको छ । इटहरी–१६ जब्दीमा रहेको आधारभूत विद्यालयमा अध्ययनरत १६२ जना बालबालिकाहरुलाई आज जाडोबाट जोगिनका लागि स्वीटर वितरण गरिएको हो ।
जब्दी आधारभूत विद्यालयका प्रधानाध्यापक गोपाल पराजुलीले विद्यालय आसपासका क्षेत्रमा बसोवास गर्दै आएका स्थानीयवासीको आर्थिक जीवनस्तर कमजोर रहेको तथा अधिकाङ्स विद्यार्थीका अभिभावकहरुले न्यानो कपडा उपलब्ध गराउन नसक्ने अवस्था रहेको र बालबालिकाहरुलाई कपि समेत विद्यालयले जुटाई दिने गरेको जानकारी दिनुभयो । उद्योग बाणिज्य महासङ्घका केन्द्रिय सदस्य प्रसाईले चिसोबाट बालबालिकाहरुले अध्ययन गर्न कठिनाई परिरहेको भन्ने खवर प्राप्त भएपछि आफुहरुलाई स्वीटर उपलब्ध गरेको बताउनुभयो । कार्यक्रम योगप्रसाद पराजुलीको अध्यक्षतामा भएको थियो । कार्यक्रमका टुइटेरीएन सोसाइटी का अध्यक्ष हिरा आचार्य, भविन खड्का लगायतको सहभागीता रहेको थियो ।

तपाईको प्रतिक्रिया