इटहरी । सुनसरीको इटहरी ८ टेंग्रा टोलीमा वसोवास गर्दै आएका विपन्न वर्गमा बालवालिकाहरुलाई लक्षित गरी रोट्रयाक क्लव इटहरीले निशुल्क आँखा शिवीर सम्पन्न गरेको छ । आँखा शिवीरमा सेतो गुँरास बालबाटिका आधारभुत विद्यालयमा अध्ययनरत वालवालिका तथा आसपासका वालवालिकाहरुको आँखा परिक्षण गरिएको थियो । आँखा परिक्षणका क्रममा तीन जना वालवालिकाको दृष्टि क्षमता कम्जोर भएको पाइएको स्वास्थ्यकर्मी अनिल कार्कीले जानकारी दिए । जाडोको समयमा लक्षित गरी रोट्याक क्लव इटहरीको सक्रियतामा इटहरी क्षेत्रका एक हजार जनाको आँखा परिक्षण गर्ने लक्ष्य राखिएको रोट्याक क्लव इटहरीका अध्यक्ष भुपेन्द्र निरौलाले जानकारी दिए । आँखा शिवीरमा पिनाक चस्मा घरले प्राविधिक सहयोग पुर्याएको थियो ।

तपाईको प्रतिक्रिया