इटहरी । मौषम परिर्वतनसंगै जाडो बढ्न थालेपछि पुर्वी तराईका स्वास्थ्य संस्थाहरुमा विरामीको चाप बढ्न थालेको छ ।

पुस महिनाको दोस्रो साता देखि पुर्वी तराईमा अत्याधिक जाडो बढ्न थालेसंगै स्वास्थ्य संस्थाहरुमा विरामीको संख्या बढ्न थालेको हो ।

सुनसरी सदरमुकाम इनरुवामा रहेको इनरुवा अस्पतालमा अन्य समयको तुलनामा दैनिक ३० देखि ४० जना बढी विरामीहरु उपचारका लागि आउन थालेको वताइएको छ । इनरुवा अस्पतालको आकस्मीक कक्षमा समेत उपचारका लागि आउने विरामीहरुको संख्या बढेको आकस्मीक कक्षका गुणानन्द झा बताउछन । सुनसरीका अन्य स्वास्थ्य संस्थाहरुमा पनि विरामीहरुको संख्या दिनप्रतिदिन बढी रहेको स्वास्थ्य संस्थाहरुले जानकारी दिएका छन । विशेष गरी अस्पतालमा उपचारका लागि आउने विरामीहरुमा बालवालिकाहरुको संख्या बढी हुने गरेको समेत स्वास्थ्यकर्मी झाले जानकारी दिए । बालवालिकाहरुमा रुघाखोकी , निमोनिया , झाडापखाला जस्ता समस्याहरु देखिने गरेको स्वास्थ्यकर्मीहरु वताउछन । त्यसै गरी जाडोको समयमा जेष्ठनागरिकहरुमा पनि श्वासप्रश्वास , तथा कोल्डडाइरिया लगायतका स्वास्थ्य समस्याहरु हुने गरेको पाइन्छ । जाडोजन्य रोगहरुबाट वच्न स्वास्थ्यकर्मीहरुले न्याना कपडा लगाउने तथा तातो झोलिलो पोषीलो खाने कुराखान सल्लाह दिने गरेका छन । सुनसरीमा तीन दीन देखि पश्चिमी हावा सहितको हुस्सु लाग्ने गरेसंगै चिसो बढेको छ । केही दिन पहिले सम्म भने मौषसमा उतारचढाव आएको कारणले गर्दा समेत विरामी हुनेहरुको संख्या बढेको अनुमान गरिएको छ । केही दिन अघि सम्म पुर्वी तराईका जिल्लाहरुका एकाएक चिसो हुने र अर्काे दिन अत्याधिक तातो घाम लाग्ने गरेको थियो ।

तपाईको प्रतिक्रिया