बिराटनगर/ तराइका जिल्ला हरुमा दैनिक रुपमा बढ्दै गएको चिसोका कारण जनजिवन कष्टकर बन्दै गएको बेला बिराटनगर बिमानस्थलमा समेत प्रभाव परेको छ । चिसो मौसमका कारण आकाश खुल्ला नहुनाले तोकिएको समयमा जाहाज उड्न नसकेको हो । दैनिक १६ दे ि२० वटा सम्म जहाज अवतरण गदै आएको बिराटनगर बिमानस्थलमा केहिदिन यता जहाज आउन क्रममा समेत कमि आएको छ । उता यात्रुहरुलाई भने तोकिएको समयमा जहाज नउड्दा समस्या हुने गरेको यात्रुहरको भनाइ छ । बिहानको टिकट लिएर बेलुका सम्मपनी गन्तब्यमा पुग्न नसक्दा यात्रुहरुलाई पिडाहुने गरेको छ । आजपनी बिहानै देखि बिराटनगर बिमानस्थलमा जहाज आवत जावत गर्न नसकेको हो ।

तपाईको प्रतिक्रिया