रबिन्द्र बराल

रंगेली । जिल्ला जनस्वास्थ्य कार्यलय माेरङ र सुनाैलाे परिवार नेपाल ( मेरी स्टाेप्स ) काे संयुक्त अायाेजनामा माेरङकाे अतिविपन्न घर परिवारका महिलाहरुका लागि नि ः शुल्क मिनिल्याप तथा पुरुष हरुका लाई भ्यासेक्टाेमि सञ्चालन गरेको छ । उक्त संस्था ले झुर्किया प्राथमिक स्वास्थ्य केन्द्र , डाईनियाँ स्वास्थ्य चाैकी,कर्सिया स्वास्थ्य चाैकी, मझारे स्वास्थ्य चाैकी , वुधनगर स्वास्थ्य चाैकी,शिश्वनी वडहरा स्वास्थ्य चाैकी,डांगिहाट स्वास्थ्य चाैकी,बैजनाथ पुर स्वास्थ्य चाैकी, रानी प्राथमिक स्वास्थ्य केन्द्र हरुमा उक्त शिविर काे अायाेजना गरिएकाे संस्था कि व्यवस्थापक सुजाना वस्नेतले बताईन । एक महिलाले भनिन् हामी जस्तो गरिव महिला हरुकाे लागि यस्तो शिविरले निकै राम्रो भएको र घरै नजिकै अाफुले मिलिल्याप गरेको मा अाफु खुशी भएको बताईन । बिराटनगर गएर मिनिल्याप गर्दे घरकाे दुई देखि तीन जना सम्म जानुपर्ने हुन्थियाे तर गाउँमै यसरी अाफुले मिनिल्याप गरेर निकै खुशि भएको अर्को महिला ले बताईन । त्यसैगरी झुर्किया स्वास्थ्य चाैकीमा २१ जना, डाईनिया स्वास्थ्य चाैकी १ सय ९९ सय , कर्सिया स्वास्थ्य चाैकीमा १ सय ९० जना महिला हरुले मिनिल्याप गरेका छन। त्यस मध्येमा २५ बर्ष देखि ३५ बर्ष सम्मका महिला हरुले मिनिल्याप गरेकाे डाक्टर सन्ताेष श्रेष्ठ ले बताए । उनका अनुसार अहिले सबै महिला हरु सचेत भएको हुनाले दुईवटा सन्तान हुने बितिकै परिवार नियोजन गर्न थालेको र जन्संख्या बृद्धि समते कम भई रहेकाे उनले बताए याे शिविर अब १ महिना सम्म सञ्चालन हुने पनी जानकारी दिए ।

तपाईको प्रतिक्रिया