इटहरी । जनता बहुमुखी क्याम्पस इटहरीको युवा रेडक्रस सर्कलले बार्षिक कार्यक्रम अन्तर्गत क्याम्पस परिसरमा आयोजित रक्तदान कार्यक्रममा एक सय ८५ जना रक्तदाताले रक्तदान गरेका छन ।

सर्कलले हरेक बर्षझै जाडोको समय पारेर रक्तदान गर्ने गरे बमोजिम रक्तदान आयोजित रक्तदान कार्यक्रममा विद्यार्थी, नेपाली सेना, प्रहरी लगायतले रक्दान गरेका हुन ।
जाडोयाममा रक्त संकलन कम हुने गरेको तर्फ मध्यनजर गर्दै जाडोकै समयमा आफुहरुले रक्तदान कार्यक्रम आयोजना गर्ने गरेको रक्तदान कार्यक्रमका संयोजक मनोज चौधरीले जानकारी दिए । जाडो लागेसंगै विरामीहरुका लागि आवश्यक पर्ने रगत संकलन कम हुने गरेको भन्दै रक्तसंचार केन्द्रहरुले रक्तदान कार्यक्रम बढाउन आग्रह गर्दै आएका छन। रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी रक्तसंचार केन्द्र धरानको प्राविधीक सहयोग रहेको थियो । विद्यार्थी सहदेव काफलेको अध्यक्षता भएको रक्तदान कार्यक्रममा प्रमुख अतिथी क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष विश्व रिजाल , क्याम्पस प्रमुख भोजराज श्रेष्ठ, नेपाल रेडक्रस सोसाइटी इटहरीका सभापति विमल पौडेल ,अर्जुन उप्रेती लगायतको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया