भारत सरकारको लिलामी प्रक्रियामा परेको भुषण ग्रुपले आरती स्ट्रिप्सको प्रमोटर नै परिवर्तन गरेर नेपालमा भएको उद्योग जोगाउने प्रयास गरे संगै सरकालाई तिनुपर्ने बक्यौता समते नतिलेको रहस्य सर्वजनीक भएको छ ।

भुषण ग्रुपले कम्पनी रजीस्टार कार्यालयका कर्मचारी लाई आफ्नो पकेटमा राखेर राखेर आरती स्टिल्सको प्रोमोटर परीवर्तन गरेको हो । केहि समय अघि सम्म मात्रै आरती स्टिलसमा कर्मचारीका रुपमा रहेको सञ्जीव शर्मा (टेक्निकल), अश्विनी शर्मा (एकाउन्टेन्ट) र विशाल गुप्ता (फाइनान्सियल) डाइरेक्टरको रुपमा कम्पनी नियमअनुसार संलग्न रहेका देखिएको हो । तर कम्पनीको मालीक को भन्ने अहिले सम्म पनी उनिहरु तिनै जनाले बताउन आलटाल गने गरेका छन् । कम्पनी रजिष्ट्रारको कार्यालयमा तीन जना डाइरेक्टरको नाममा आरती स्ट्रिप्स दर्ता कायम छ ।तर उनीहरुले कम्पनी आफ्नो नरहेको बताउँदै आएका छन् ।

सरकारलाई तिनुपर्ने करोडैको आर्थिक रकम नतिर्नका लागी अहिले पनी उनीहरु कर्मचारीनै रहेको बताउँदै आएका छन् । तर एनएम्बी बैक लगायतका ३ वटा बैक हरुमा भने उनीहरु २ जनाको हस्ताक्षर चलाउँदै आएका छन् ।

आरती स्ट्रिप्सले एकाएक नौ अर्बबराबरको उद्योग तीन जना व्यक्तिको नाममा राखेको रहस्य खुलेसँगै आर्जित सम्पत्ति सुरक्षित गर्न भुषण पावर ले चाल चलेको हो । भुषण कम्पनीले को तर्फ बाट बैकमा रहेको एकाउण्टबाट रकम झिक्नका लागी ३ महिलनामा पदाधिकारी आउने गरेको भएतापनी कम्पनी को मुख्य ब्याक्तिनै परीवर्तन भएपछि अहिले सवै काम नयाँ संञ्चालक सञ्जीव शर्मा , अश्विनी शर्मा र विशाल गुप्ता ले गर्दै आएका छन् , बैकको खातामा भने हस्ताक्षर २ जनाको चल्ने गरेको छ ।

नेपालमा सञ्चालित भारतीय कम्पनीको स्वामित्व परिवर्तन हुनु वा खरिदबिक्री हुने प्रक्रियाको क्रममा तिर्नुपर्ने लाभांश कर भने अहिलेसम्म पनि बुझाएका छैनन् । जुन रकम लाखौ रुपैयाँको हो । आरती स्ट्रिप्सले नेपालका सरकारी कार्यालयमा अलग–अलग प्रतिवेदन बुझाउँदै आएको छ । यस प्रकरणमा समेत आरतीले सरकारलाई ठगेर लाभांश कर तिर्नबाट झुक्याएको पुष्ठि हुन्छ । यता यतीका ठुलो आर्थीक रकमको छली भइरहेको अवस्थामा क्षेत्रीय अक्तियार दुरुपयोग आयोगमा समेत उजुरी परेको समाचार श्रोतले दावी गरेको छ ।

अर्को तर्फ कम्पनीको फाइल राजश्व कार्यालयले तानेको भएपनी आर्थिक रकमको चलखेलको आधारमा कारबाहि हुन सकेको छैन । यस तर्फ संम्बन्धीत निकाय मा ठुलो रकम सञ्जीव शर्मा ले बुझाएका कारण राजश्वले कारबाहि गर्न नसकेको समाचार श्रोतले नाम नखुलाउने सर्तमा बताए ।
उता, आरती स्ट्रिप्सले रंगिन जस्तापाातामा प्रयोग हुने रंग आयात प्रकरणमा राजस्व छली गरेको छ । आरती स्ट्रिप्सले सरकारी निकायमा दिएको फाइलको आधार र राजश्व अनुसन्धान कार्यालले अनुसन्धानमा बिचाराधिन अवस्थामा रहेको फाइल ले करोडौ रुपयाँको राजश्व छली गरेको पुष्ठि गरेको हो ।

रंगीन जस्तापाता निर्माण गर्नका लागी आवश्यक पर्ने रंग आयात गर्दा भारतबाट आयात गरीएका रंगको भन्सार मुल्याँकन कम गर्ने देखि सरकारलाई तिनुपर्ने राजश्वमा समेत आरती स्ट्रिप्सले घोटाला गरेको हो । बिराटनगर भन्सारमा मात्रै आरती स्ट्रिप्सले अरु उद्योगल आयात गर्ने रंग भन्दा कम मुल्य तिरेको रेकर्ड देखिएको छ । अन्य कम्पनीले आयात गर्ने रंगको मुल्य भन्दा आरती स्ट्रिप्सले आयात गर्ने रंगको मुयाँकनसमेत कम हुने भएको कारण आरती स्ट्रिप्सको एउटा फाइल राजस्व अनुसन्धान विभागले तानेर कारबाहि प्रक्रीया मा राखेको छ ।

६० करोडभन्दा बढी मूल्यको रंग ल्याउँदा न्यून भन्सार बिल बनाएको आरोपमा राजस्व अनुसन्धानले कागजात अध्ययन को लागी लगेको हो । यो प्रकरणमा भन्सार एजेन्टदेखि विराटनगर भन्सारमा कार्यरत जिम्मेवार कर्मचारीसमेतको संलग्नता रहेको अनुसन्धानले देखाएको छ ।

विराटनगर भन्सारमा अन्य रंग आयातकर्ताले त्यही परिमाणमा सामान ल्याउँदा ८० करोडभन्दा बढीको भन्सार क्लियरेन्स हुने भए पनि आरती स्ट्रिप्सले ल्याएको सामान ५० करोडभन्दा कम रहेको आन्तरीक राजश्वकार्यालय ले जनाएको छ । यसरी करोड भन्दा बढिको राजश्व छली भएको भन्दै आन्तरीक राजश्व ले थप राजस्वले अनुसन्धान गरिरहेको हो ।

आरती स्ट्रिप्सले अर्बांैको जस्तापाता निर्माणका लागि कच्चा पदार्थ विराटनगर भन्सार नाका भएर आयात गरिरहेको छ भने खर्बांै रुपैयाँको जस्तापाता निर्यात गरिहेको विराटनगर भन्साले बताएको छ ।

उता आरती स्ट्रिप्सले सरकारी निकायमा बुझाएको डाटा मा पनी घोटाला देखिएको छ श्रम कार्यालयमा बुझाएको डाटा र कम्पनी रजिस्टारको कार्यालयमा बुझाएको डाटा नमिले पछि उक्त डाटा समेत उद्योगले लुकाएको छ । उता अहिले उद्योगमा रहेका ३ जना मालिक हरुले आफु हरु कम्पनीको मालिक नभई एक कर्मचारी भएको बताउँदै आएका छ । तर कम्पनी रजिस्टारको कार्याललयमा ३ जनाको नामा आरती स्टिल कम्पी दर्ता भएको देखिन्छ । कम्पनी रजिस्टारको कर्मचारी देखि बिभिन्न सरकारी निकायको कर्मचारीलाइ लाई सेटिग गरेर यतिबेला आरती स्टिलका पदाधिकारी हरुले आफु जागीने प्रयास गरीरहेका छन् । सुनसरी मोरङ औद्योगिक करिडोरमा सञ्चालन भएको आरती स्ट्रिप्स प्रालि लाई भुषण पावर एण्ड स्टिल लिमिटेड इन्डियाले बैंकहरुबाट ६० सय करोडमा डुबाए पछि भारत सरकारले उद्योग सिजको तयारी गरीरहँदा आरती स्टिलको संञ्चालक परीवर्तन हुनु बैंक को हस्ताक्षर परीवर्तन हुनुले पनी आरती स्टिलले ससरकार लाई तिनुपर्ने करोडौं रुपैया छली गरेको पुष्ठि भएको छ ।

तपाईको प्रतिक्रिया