इटहरी । राजधानी बाहिर पहिलो पटक सुनसरीको इटहरीमा तीन दिने बैंकिङ तथा बिमा एक्स्पो सम्पन्न भएको छ ।

पूर्वी नेपालको व्यवसायीक शहर इटहरीमा यही पुष १४ गते देखि १६ गते सम्म सम्म सञ्चालन गरिएको बैङ्क तथा बिमा एक्स्पो विशेष कार्यक्रम सहित समापन गरिएको हो । बैंक तथा बित्तीय संस्थाहरुले प्रयोग गरेका प्रविधि, लगानीका क्षेत्र र तरिका, कर्जा, ब्याजका बारे र बीमा लगायतका विषयमा जानकारी दिन एक्स्पोले महत्वपुर्ण भुमिका खेलेको समापन समारोहका प्रमुख अतिथी राष्ट्यि विमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाँईले वताए । तीन दिवसीय बित्तीय जाँगरण राष्ट्रिय अभियानले नेपाली युवाहरुलाई वित्तीय अवस्थासँगै उद्यमशिलताका विषयमा जानकारी हासिल गर्न सहयोग पुर्याएको आयोजक मिडिया नेटरनेशनलका माधव निदोषीले जानकारी दिए । वित्तीय जागरण राष्ट्रिय अभियान नाम दिइएको बैकिगं तथा विमा एक्स्पोमा बाणिज्य बैक ,विकास बैक , लघुविकास वैक , फाइनान्स कम्पनी र विभिन्न विमा कम्पनीहरुले स्टल राखेर आफना गतिविधिहरुका विषयमा जानकारी गराएका थिए ।

तपाईको प्रतिक्रिया