इटहरी । राष्ट्रिय खेलकुल परिषदको सहयोगमा त तेक्वान्दो डोजाङ्ग इटहरीको स्थानीय संयोजनमा १२ औ अन्तराष्ट्रिय खुल्ला मैत्रीपूर्ण तेक्वाण्दो च्याम्पियनसिम प्रतियोगिता २०१८ सोमबार देखि इटहरीको रगंशाला स्थित तेक्वाण्दो एकेडेमीमा हुँदैछ । १२ औ अन्तराष्ट्रिय खुल्ला मैत्रीपूर्ण तेक्वान्दो च्याम्पियनसिम प्रतिपयोगिताका विषयमा जानकारी दिनका लागि आज इटहरीमा आयोजित पत्रकार सम्मेलनमा आयोजकले त्यस्तो जानकारी दिँदै यो प्रतियोगिता अष्ट्रृेलियामा हुने निश्चित गरिएको भए पनि राष्ट्रिय खेलकुल परिषदका सदस्य सचिव केशवकुमार विष्टले अमेरिकामा रहँदा यो प्रतियोगिता इटहरीमा गर्न आग्रह गरिए बमोजिम यहाँ यो प्रतियोगिता हुन लागेको हो ।
नेपालका तीन स्थान इटहरी, पोखरा र दाङ्गमा राष्ट्रिय खेलकुल परिषदले स्पोर्टस सिटी निर्माण गर्ने अभियान अघि बढाई रहेका बेला प्रदेश १ को मुख्य स्थानका रुपमा परिचय बनाएको इटहरीमा यो कार्यक्रम ल्याउन पाउनु गौरवको विषय भएको सदस्य सचिव केशवकुमार विष्टले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।
उक्त अवसरमा सदस्य सचिव विष्टले प्रतियोगिता सम्पन्न गर्नका लागि राखेपले ३० लाख रुपियाँ सहयोग गरेको जानकारी गराउनुहुँदै यो खेलमा सहभागि हुनका लागि विश्वका विभिन्न देशका खेलाडी अफिसियल रेफ्रि एवम अफिसियलहरु ऋाफ्नै लगानीमा नेपालको राजधानी काठमाण्डौ हुँदै इटहरीसम्म आज साँझसम्ममा आई पुग्ने पत्रकार सममेलनमा बताईएको छ । प्रतियोगितामा विभिन्न देशका खेलाडीहरुको सहभागिता हुने बताईएको छ ।

पत्रकार सम्मेलनमा अमेरिकाबाट आउनु भएको क्योरिन ब्ल्यासलेज, बेलायतका तेक्वाण्दो प्रशिक्षक माष्टर राई अन्तराष्ट्रिय रेफ्री दिवाकर महर्जन लगायतले पत्रकार सम्मेलनमा नेपालमा नै पहिलो पटक हुन लाग्ेको प्रतियोगिताले नेपालको पहिचान विश्वमा आकर्षित गर्न समेत सहयोग पुग्ने विश्वास ब्यक्त गरे ।

तपाईको प्रतिक्रिया