इटहरी । नेवाः पुचः नेवार समाज इटहरीले नेवार जातीले आफ्नो जातीय परम्परा संस्कृति र संस्कार एवम रहनसहन जीवित राख्ने उद्देश्यले आज इटहरीमा बृहत नेवारी भेषभूषा सहित भोज समारोह सम्पन्न गरेको छ ।
नेवारी समुदायले प्रयोग गर्दै आएको बाजा तथा लोक संस्कृतिमा प्रयोगमा आई रहेका नेवारी नाच लोक संस्कृति आदिलाई जीवन्त राख्नका लागि आयोजित उक्त कार्यक्रममा नेवार कलाकार मदनकृष्ण श्रेष्ठलाई विशेष सम्मान समेत गरेको छ ।
उहाँलाई नेपालको लोक संस्कृतिसँगै हास्य कलाकारका रुपमा नेपालमा विेशष योगदान पु¥याएको भन्दै उहाँले पु¥याएको योगदान अविस्मरणीय रहेको भन्दै देय दवु नेपालका अध्यक्ष नरेश ताम्राकार र नेवाःपुचः इटहरीका अध्यक्ष नारायणबहादुर श्रेष्ठले ताम्रपत्र सहित दोसल्ला ओढाएर विशेष सम्मान गर्नुभएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि कलाकार मदनकृष्ण श्रेष्ठले इटहरीका नेवार समुदायले आफुलाई सम्झिएर सम्मान गरेर ठूलो गुण लगाएकोमा खुशी ब्यक्त गनुहुँदै उहाँले नेपाल बहुजातीय बहुधार्मिक र बहुसास्कृतिक गतिविधिकै कारणले विश्वका अरु देशको तुलनामा छुट्टै पहिचान रहन गएको हो भन्नुभयो ।
सोही अवसरमा देय दवु नेपालका अध्यक्ष नरेश ताम्राकार साँसद सिताराम मेहता गीतकार रमना श्रेष्ठ लगायतले नेपालको लोक सस्कृति र संस्कारमा धनी भएर पनि अझै राज्यले यस विषयमा गतिलो काम गर्न नसकेको गुनासो सुनाउनुभयो ।
नेवाःपुचः इटहरीका अध्यक्ष नारायणबहादुर श्रेष्ठको अध्यक्षतामा भएको उक्त नेवार लोक संस्कृति तथा भोज समारोहमा नेवार समुदायले प्रयोगमा ल्याउँदे आएको मौलिक खाना भेषभूषा प्रयोगसँगै नेवारी नृत्य एवम गीत प्रस्तुत गरिएको थियो ।

तपाईको प्रतिक्रिया