इटहरी । राष्ट्रिय खेलकुद परिषदको लगानीमा निर्माण हुने बक्सिङ्ग खेल एकेडेमी भवनको खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्टले सिलान्यास गरेका छन् ।इटहरी रङ्गशाला परिसरमा निर्माण गरिने सय मिटर लामो र साठी मिटर चौडा भएको बक्सिङ्ग एकेडेमी भवन ६० लाख रुपियाँको लागतमा यसै बर्षभित्रमा निर्माण सम्पन्न गरि सक्ने योजना रहेको बताईएको छ ।

प्रदेश नम्वर १ को स्पोर्टस सिटी निर्माण गर्ने क्रममा सिलान्यास गरिएको बक्सिङ्ग एकेडेमी भवनमा प्रशासनिक कक्ष सहित खेलाडीहरुले प्रशिक्षण गर्ने र प्रतिस्पर्धा गर्ने कक्ष आदिको निर्माण गरिने सदस्य सचिव केशवकुमार विष्कटले बताए ।

यसैगरी राखेप सदस्य सचिव विष्टले रङ्गशाला परिसरमा नै निर्माण भएको अन्तराष्ट्रिय मापदण्डको तेक्वान्दो एकेडेमी भवनको पनी विधिवत रुपमा उद्घाटन समेत गरे । १ करोड ९० लाख रुपियाँको लागतमा निर्माण सम्पन्न भएको उक्र तेक्वान्दो एकेडेमी भवन एकैपटक २५ सय दर्शक बसेर तेक्वान्दो खेल हेर्न सक्ने क्षेमताका रहेको प्रशिक्षक फडिन्द्र खड्काले जानकारी दिए ।

तीन कट्ठा जमिनको क्षेत्रमा निर्माण सम्पन्न भएको उक्र तेक्वान्दो एकेडेमी भवन उद्घाटन समारोहमा नेपालका तेक्वान्दो खेलका प्रमुख प्रशिक्षक नन्दकुमार राई लगायत अन्य प्रशिक्षकहरु समेतको सहभागिता रहेको थियो ।

उक्त अवसरमा राखेप सदस्य सचिव विष्टले मानिसको शरीर स्वस्थ राख्नेदेखि राष्ट्रका गौरव बढाउने कार्यमा समेत खेल क्षेत्रको महत्वपूर्ण योगदान रहने भएकाले प्रत्येक बालबालिकाहरुलाई तेक्वान्दो खेलप्रति उत्सुकता जागृत गराउन जरुरी रहेको बताए । त्यस अवसरमा इटहरीका प्रमुख प्रशिक्षक फडिन्द्र खड्काले भवन निर्माण सम्वन्धक कार्यको विषयमा प्रकाश पारेका थिए ।

तपाईको प्रतिक्रिया