इटहरी । नेपाल राष्ट्र बैङ्कको सक्रियतामा प्रदेश १ को इटहरीमा पहिलो पटक तीन दिने बैङ्किङ्ग एक्स्पो महोत्सवको शुभारम्भ भएको छ । विभिन्न बैकं तथा वित्तीय संस्था बैङ्किङ्ग संग सम्लग्न रहँदै आएका गरिवी निवारणका बैङ्क बीमा कम्पनी एवम अन्य वित्तीय कम्पनीहरुको महोत्सवमा स्टरहरु रहेको छ ।
विशेषगरी युवाहरु नयाँ उद्यमशिलता तर्फ अग्रसर गराउने र युवाहरुलाई देशभित्रै सुरक्षित ढङ्गले वित्तीय कारोवारमा अग्रसर गराई शुलभ ब्याजदरमा वित्तीय स्रोत उपलब्ध गराई अधिकतम युवाहरुलाई रोजगार तर्फ अग्रसर गराउने उद्देश्यले बैङ्किङ्ग एक्स्पो आयोजना गरिएको हो ।
प्रदेश नम्वर १ को केन्द्र विन्दुका रुपमा रहेको इटहरी र यस आसपासका क्षेत्रलाई समेटेर वित्तीय गतिविधिमा अरु थप ब्यवसायीकरण र उद्यमशिलता विकासमा योगदान पु¥याउन सक्रिय बैङ्क तथा वित्तीय संस्थासँगै बीमा र धितापत्र कारोवारलाई समेत आम सेवाग्राहीसम्म पु¥याउन सकियोस भन्ने अभिप्रायले उक्त कार्यक्रम आयोजना गरेको बताईएको छ ।
तीन दिनसम्म चल्ने उक्त बैङ्किङ्ग एक्स्पो महोत्सवमा विभिन्न बैङ्क वित्तीय संघ सस्था बीमा र धितोपत्र कारोवार लगायत स्वरोजगार प्रवर्धनमा सक्रिय वित्तीय संस्थाहरु समेत गरी ३५ वटाका महोत्वस क्षेत्रमा स्टलहरु राखिएका छन ।
बैङ्किङ्ग एक्स्पो आयोजक समितिका संयोजक माधन निर्दोष नेपालको अध्यक्षतामा भएको उक्त कार्यक्रमको नेपाल राष्ट्र बैङ्कका डेपुटी गभर्नर शिवराज श्रेष्ठले महोत्सव समारोहको उद्घाटन गरेका गिए ।
इटहरी चौकबाट विशेष जनचेतनामुक ब्यानर सहित निकालिएको ¥यालीले इटहरी उपमहानगरको बजार परिक्रमा गरी जनता उच्च माविका खेल मैदानमा रहेका महोत्सवस्थलमा पुगेर उक्त ¥याली महोत्सव समारोहमा परिणत भएको थियो ।

तपाईको प्रतिक्रिया