इटहरी । विपन्न बालवालिकाहरु अध्ययन गर्ने सुनसरीको इटहरीमा रहेको सरस्वती अधारभुत प्राथमिक विद्यालयमा अध्ययन गर्ने बालबालिकाहरुलाई जाडोको कपडा वितरण गरिने भएको छ ।
दिगवंत आफन्तको स्मृतिमा इटहरी १५ एकम्वामा रहेको सो विद्यालयका विद्यार्थीहरुलाई जाडोमा लगाउन न्याना कपडा तथा शैक्षिक सामाग्रीहरु वितरण गर्न लागिएको वताइएको छ। सुनसरीको इटहरीमा पत्रकार सम्मेलन गरी स्वर्गीय मनमाया विश्वकर्माको स्मृतिमा विश्वकर्मा गु्रपले न्याना कपडा सहित १लाख ५० हजार बरावरका शैक्षिक सामाग्रीहरु वितरण गर्न लागिएको कार्यक्रम संयोजक सुजित विश्वकर्माले जानकारी दिए । उनले आफनी दिगवंत हजुरआमाको स्मृतिमा शैक्षिक क्षेत्रको उन्नतीका लागि सहयोग गर्ने कार्यक्रम वर्षेनी गर्ने समेत वताए ।
ग्रामिण क्षेत्रमा रहेको विपन्न वर्गका वहुसंख्यक विद्यार्थीहरु अध्ययन गर्ने विद्यालय भएका कारण जाडो मौषममा लगाउन न्याना कपडा देखि शैक्षिक सामाग्रीहरु उपलव्ध गराउने भएपछि आफुहरु उत्साहित भएको विद्यालयका प्रध्यानाध्यापकले बताउछन । उनले विद्यार्थीमा विपन्न तथा सिमान्तकृत वर्गमा पर्ने मुसहर समुदायका अधिकाँस विद्यार्थी अध्ययनरत रहेको समेत जानकारी दिए । सो विद्यालयमा बालविकासमा २२जना बालवालिका र कक्षा १ देखि ५ सम्म ७५जना विद्यार्थीहरु अध्ययनरत रहेका छन ।

तपाईको प्रतिक्रिया